मुख्य समाचार
जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ | पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने | सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह |

‘पुजार सार्की’ रिलिज छेकोमा पलमाथि प्रहरीको धरपकड !

Ujyalosandeshonline 11871+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौं । फिल्म ‘पुजार सार्की’ यही जेठ १० गतेबाट रिलिज हुँदैछ । फिल्म रिलिजको छेको पारेर फिल्मका नायक पल शाहले प्रहरीले आफूलाई धरपकड गरेको दुई तस्वीर सार्वजनिक गरेका छन् । यी तस्वीर वास्तविक नभई फिल्मको दृश्य हुन् ।

उनले मंगलबार बिहान फेसबुकमा सार्वजनिक गरेको तस्वीरमा पललाई वृद्ध अवस्थाको लुक्समा देखाइएको छ । तस्वीरमा उनलाई प्रहरीले जबरजस्ती पक्राउ गर्न खोजेको देखिन्छ । उनले आफूलाई फिल्मको मेघराज खत्री पात्रका रुपमा चिनाएका छन् । 

‘चलचित्र ‘पुजार सार्की’ रिलिज हुन अब मात्र दुई दिन बाँकी छ । मेरो करिअरमा महत्वपूर्ण चलचित्र ‘पुजार सार्की’ साबित हुनेमा म ढुक्क छु । मैले केही दिन अगाडी पनि भनेको थिएँ कि म अर्को चलचित्र ‘रावायण’को छायाङ्कनका कारण ‘पुजार सार्की’को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन,’ उनले लेखेका छन् ।

पलले अगाडि लेखेका छन्, ‘आज मैले ‘पुजार सार्की’मा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु । यो तस्बिरबाट तपाईले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ । यसअघि पनि तपाईंले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ ।’दिनेश राउत निर्देशित फिल्ममा पलसँगै प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बुलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार