मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

राष्ट्रिय विद्यार्थी मञ्चद्वारा संगठन विस्तार

Ujyalosandeshonline 11768+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

जनकपुर । विद्यार्थी मञ्चले संगठन विस्तारलाई तीव्र बनाएको छ । यसै क्रममा मञ्चले शनिबार राराब क्याम्पस जनकपुरधाममा इकाई कमिटी गठन गरेको छ । २२ सदस्यीय इकाई कमिटीको अध्यक्षतामा आरती झा चयन भएकी छन् । कमिटी गठन कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता संजय कुमार चौधरी, दिपक झा, समीर सिद्दीकी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

विद्यार्थी नेताहरूले गुणस्तरीय शिक्षा, उचित शुल्क व्यवस्था, छात्रवृत्तिको सहज पहुँच र शिक्षण संस्थाहरूमा पारदर्शिता कायम गर्न मञ्चले निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय विद्यार्थी मञ्चले हालको शिक्षा प्रणालीमा सुधारको माग गर्दै नयाँ रणनीति तयार पारेको छ । संगठनका नेताहरूले निजी तथा सरकारी शिक्षण संस्थाहरूमा विद्यार्थीमैत्री नीति लागु गराउने, सुविधा सम्पन्न पुस्तकालयको स्थापना र शिक्षक–विद्यार्थी सम्बन्ध सुधार गर्न दबाब दिने बताएका छन् ।

स्ववियु निर्वाचनलाई केन्द्रमा राख्दै संगठनले विद्यार्थीहरूलाई संगठित गर्दै शिक्षा सुधार र संस्थागत विकासका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार