मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

पोखरामा गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको क्षमा पूजन सम्पन्न

Ujyalosandeshonline 12437+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

पोखरा । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको क्षमा पूजन भएको छ । बुधबार बैशाख ३ गते लेकसाइडमा महायज्ञको क्षमा पूजा र बिरौटामा भूमि पूजा गरिएको हो । 

मानवसेवा फाउण्डेशनको आयोजना हुने वैशाख १७ देखि जेठ २६ गतेसम्म चल्ने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम अन्य धार्मिक कार्यक्रमहरु जारी छन् ।

कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिनेछ । यसका अतिरिक्त, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको छ ।

कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुनेछ । विजय कृष्णमूर्तिको नेतृत्वमा रहेको मानव सेवा फाउण्डेसनले यसअघि पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको बाराही घाटमा ‘ऐतिहासिक कोटिहोम गर्ने तयारी गरेपनि पछि बिरौटीमा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार