मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

रुपन्देही क्षेत्र नम्बर–१ मा कांग्रेस उम्मेद्वार खत्रीद्वारा धर्म संस्कृतिको संरक्षणमा जोड

Ujyalosandeshonline 12320+ समाचार ( )
३ फाल्गुन २०८२, आइतबार

भैरहवा । रुपन्देही क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेद्वार हिराबहादुर खत्रीले देशमा विद्यमान विभिन्न भाषा, संस्कृति र जातजातिको सद्भाव कायम राख्न सबै धर्म र संस्कृतिको संरक्षण तथा विकास अपरिहार्य रहेको बताउनुभएको छ। महाशिवरात्री पर्वको अवसरमा रुपन्देही क्षेत्र नम्बर–१ मा रहेका विभिन्न शिवालय र शिव मठ–मन्दिरहरूको दर्शन तथा परिक्रमा गर्दै खत्रीले यस क्षेत्रका धार्मिक धरोहरहरूको संरक्षण र विकासका लागि योजना र कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

खत्रीले देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न वडा तथा टोलमा रहेका मठ–मन्दिरहरूको दर्शन गर्दै समाजमा सद्भाव कायम राख्न सबै धर्मको सम्मान आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले नव युवा आन्दोलनपछि युवाहरूले राखेका मुद्दा तथा चाहनाका आधारमा आफूले उम्मेद्वारी दिएको बताउँदै युवाहरूको भावना र चाहनाको कदर गर्दै योजना तथा कार्यक्रम बनाउने विश्वास व्यक्त गर्नुभयो।

रुपन्देही एकको निर्वाचन परिचालन समिति सदस्य राजेन्द्र न्यौपानेका अनुसार खत्रीले देवदह १० को गौशाला सिद्धेश्वर मन्दिर, शित्तलनगरको दुर्गा मन्दिर, खैरेनीको लोकेश्वर मन्दिर लगायतका स्थान, तिलोत्तमा–१५ को विन्दबासिनी मन्दिर, तिलोत्तमा–१६ को शिव मन्दिर, तिलोत्तमा–८ को गौशाला, तिलोत्तमा–९ का विभिन्न शिवालय मन्दिरहरूको दर्शन, अवलोकन तथा परिक्रमा गर्नुभएको थियो। यस क्रममा उहाँले धार्मिक दर्शनार्थीहरूसँग भेटेर धर्म, संस्कृति संरक्षण र विकासका बारेमा सुझाव समेत लिनुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार