मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

Ujyalosandeshonline 12461+ समाचार ( )
११ माघ २०८२, शनिबार

नेपालगन्ज । बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ । चालू आर्थिक वर्षको छ महिनामा थप ८६ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । साउनदेखि पुस महिनासम्म ५७ जना पुरुष र २९ जना महिला गरी ८६ जना कुष्ठरोगी पहिचान भएको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पताल आइएनएफ बाँकेले जनाएको छ । 

साइनिङ अस्पताल आइएनएफ बाँकेले विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा आज यहाँ पत्रकारसँगको अन्तरक्रियामा अस्पताल प्रमुख मङ्गलबहादुर थारुले बाँकेका नरैनापुरलगायतका दुर्गम स्थानमा कुष्ठ रोगका नयाँ बिरामी फेला परेको उल्लेख गर्दै सबैभन्दा बढी मधेसी समुदायमा सो रोग देखिएको जानकारी दिनुभयो । त्यस बाहेकह थारु समुदायमा पनि कुष्ठ रोगका विरामी देखिएका छन् । 

“बाँकेमा कुष्ठरोगको प्रभाव दर उच्च रहेकाले यसको न्यूनीकरण सबैको साझा प्रयासमा मात्र सम्भव रहेको छ,” प्रमुख थारुले भन्नुभयो । बाँकेमा ३६, बर्दियाका १२, जाजरकोट, रुकुम र कैलालीका पाँच पाँच, अछामका तीन, दैलेखका दुई, दाङ, प्युठान, रोल्पा र सल्यानका एकएक जना र भारतीय १४ जना कुष्ठरोगी फेला परेको अस्पतालले जनाएको छ । गत बर्ष १७४ जना नयाँ कुष्ठरोगी भेटिएकोमा बाँकेका मात्र ९३ जना थिए । 

२४ शय्याको सो अस्पतालले त्यस अवधिमा नौ हजार ८३१ जनालाई वहिरङ्ग सेवासमेत प्रदान गरेको जनाएको छ । त्यसैगरी स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि अन्य प्रयोगशालाबाट १० हजार ७९५ जनाको परीक्षण गरिएको छ भने ७०४ जनाको स्नायुको कार्यक्षमता जाँच गरिएको छ । यो जाँच अपाङता शीघ्र पहिचान तथा रोकथामका लागि गर्ने गरिन्छ । त्यसैगरी अपाङगताबाट नै जोगाउन ६९ जनालाई फिजियोथेरापी अभ्यास गराइएको छ । नेपालमा सन् २०१० मा नै राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भइसकेको छ । तर, बाँकेमा भने कुष्ठरोगको प्रभाव दर उच्च देखिएको छ । आइतवार कुष्ठरोग दिवस मनाइँदैछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार