मुख्य समाचार
भारतीय गाडीमा फल्सबटम बनाएर गाँजा तस्करी, दुई जना प्रहरी नियन्त्रणमा | लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान रिहा | लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खान पक्राउ | चक्रवात ‘अर्नब’को प्रभाव: नेपालमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह | गरुडाको मेयरमा कांग्रेस नेत्री रंगीला देवी जयसवालद्वारा उम्मेदवारी घोषणा | बेनीघाट–तातोपानी सडक खुलाउने काम सम्पन्न | दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे | कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल | एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार | सांसद पौड्यालद्वारा मानवसेवा आश्रममा आश्रितहरूसँग दशैंको खुसी साटासाट |

जनकपुर जलेश्वर सडकखण्ड अवरुद्ध, दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

Ujyalosandeshonline 12592+ समाचार ( )
२ चैत्र २०८१, आइतबार

जनकपुर । जनकपुर जलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार होली खेल्ने क्रममा छुरा प्रहार गरी हत्या गरिएको १८ वर्षीय आशु यादवका परिवारजन र स्थानीयवासीले बाटो अवरुद्ध गरी प्रदर्शन गरेका छन् । उनीहरुले मृतक आशुको शव सडकबीचमै राखेर प्रदर्शन गरेका हुन् ।

आशुको हत्यामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै सडकमा शव राखेर प्रदर्शनमा उत्रिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आशुमाथि छुरा प्रहार गरेका थिए ।

छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा शनिबार साँझ मृत्यु भएको थियो । प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । यता आशुका परिवारजनले आशुको हत्यामा अन्य युवकहरुको पनि संलग्नता रहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार