रसुवामा डिपबोरिङ, पाँच सय घरपरिवार लाभान्वित

Ujyalosandeshonline 11249+ समाचार ( )
२९ वैशाख २०८३, मङ्गलबार

रसुवा । रसुवाको कटुन्जेमा भूमिगत पानीको व्यवस्था गरिएसँगै धैवुङ क्षेत्रका पाँच सय परिवार लाभान्वित भएका छन् ।बागमती प्रदेश सरकारको रु २७ लाख सहयोगमा सम्पन्न डिपबोरिङ सञ्चालनमा आएपछि कालिका गाउँपालिका–३ स्थित धैबुङ क्षेत्रका कटुञ्जे, श्वारा, घिमिरे टोल, खतिवडा टोल, थाक्ले, सुएलडाँडा क्षेत्रका जनता लाभान्वित भएका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले जानकारी दिनुभयो।

गाउँपालिकाका पूर्वउपाध्यक्ष भवानीप्रसाद न्यौपानेले पानीको व्यवस्थापनपछि सुख्खा तथा भिरालो जमिनमा बसोबास गर्दै आएका स्थानीय जनता हर्षित भएका बताउनुभयो । डिपबोरिङ खन्ने क्रममा जमिनको सतहबाट ४८ मिटरमै पानी आए पनि १३५ मिटरको गहिराइमा पाइप पु¥याएर पानी तानिएको भूगर्भशास्त्री पुष्प भटृराइले जानकारी दिनुभयो ।

भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख केदार श्रेष्ठले खानेपानीको व्यवस्थासहित करिब १० हेक्टर जमिनमा सिँचाइ गर्न सकिने गरी सञ्चालन गरिएको डिपबोरिङ रसुवा जिल्लाका लागि नमूना कार्यक्रम भएको बताउनुभयो । यसैबीच सम्बद्ध प्राविधिकहरूले नियमित विद्युत् शुल्क भुक्तानीदेखि पानी तान्ने मोटरको मर्मतसम्भार, कुरुवाको प्रबन्धसहित दीगो व्यवस्थापनतर्फ ध्यान दिन स्थानीय उपभोक्तासँग अनुरोध गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार