मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

एमाले सिद्धार्थनगरको दोस्रो अधिवेशन कार्तिक १२ गते हुने

Ujyalosandeshonline 11005+ समाचार ( )
५ कार्तिक २०८१, सोमबार

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशन यही कार्तिक १२ गते हुने भएको छ । भैरहवामा बसेको नगर कमिटीको पूर्ण बैठकले कार्तिक १२ गते सोमबार बिहान ११ बजेदेखि सिद्धार्थनगर नगरपालिका–१२ स्थित युनिक बैंक्वेटमा दोस्रो अधिवेशन गर्ने निर्णय गरेको हो । 

नगर अधिवेशनका लागि यही कार्तिक ९ गते शुक्रबार दिउँसो १ बजे १३ वटै वडामा प्रतिनिधि छनौट गरिने एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताए । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समितिहरु बनाइएको छ । जसअन्तर्गत अधिवेशन आयोजक समितिको संयोजकमा नगर अध्यक्ष चक्र बहादुर थापा रहेका छन् । त्यस्तै आर्थिक समितिमा अर्जुन कुमार गिरी, मञ्च व्यवस्थापनमा कुमार गुरुङ, प्रतिनिधि व्यवस्थापनमा माया कंडेल, प्रचार प्रसार समितिमा शशि पन्थी र स्वयंसेवक व्यवस्थापनमा नर्जुन गुरुङ रहेका छन् ।

बैठकमा बोल्दै प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले सिद्धार्थनगरमा पार्टीलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले त्याग र समर्पणको संस्कृति स्थापित गर्न आग्रह गरे । उनले भने, ‘भैरहवा इतिहास बोकेको ठाउँ हो । नेताले नेता स्थापित गर्नुपर्छ । म भन्दा फलानो राम्रो भन्न सक्नुपर्छ । पार्टीमा इमान्दीरताका साथ काम गरिरहेकालाई प्राथमिकता दिनैपर्छ ।’

राष्ट्रिय सभाका पूर्व सदस्य तथा एमाले रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज समेत रहेका नेता भट्टराईले वर्तमान सरकार राम्रो काम गर्नका लागि बनेको बताए । ‘सत्ता पक्ष र प्रतिपक्ष मिलेर सरकार बनाएका छौं । संसारमा यस्ता घटना बिरलै घट्ने गर्छन् । अर्थतन्त्रमा सुधार, संविधान संशोधन, विकास निर्माणका कार्यलाई तीव्रता दिन लगायत एजेण्डाका साथ नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनाएका छौं, हामीविरुद्ध अहिले पनि घेराबन्दी छ, ’उनले भने ।

त्यस्तै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले सिद्धार्थनगरमा एमाले कमजोर नरहेको दावी गरे । २०८४ सालमा हुने निर्वाचनमा एमालेले बहुमतका साथ निर्वाचन जित्नुपर्ने उनको भनाइ छ । पार्टीको रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले सिद्धार्थनगरलाई एमालेको किल्लाको रुपमा स्थापत गर्नुपर्नेमा जोड दिए । एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थीले अधिवेशनले सभ्य र भव्य रुपमा सफल बनाउनुपर्ने बताए ।

पार्टीको रुपन्देही जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरलाई एमालेमय बनाउनुपर्ने र आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ जिताउनपर्ने बताइन् । एमाले सिद्धार्थनगरका उपसचिव कुमार गुरुङको स्वागत तथा उपसचिव माया कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार