मुख्य समाचार
आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी |

शहीद स्मारक ‘सी’ डिभिजन लिग बिहीबारदेखि

Ujyalosandeshonline 12545+ समाचार ( )
२१ चैत्र २०८०, बुधवार

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल बिहीबारदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार पत्रकार सम्मेलन गर्दै चालु वर्ष २०२४ को ‘सी’ डिभिजन लिगका लागि आवश्यक तयारी पुरा भएको जनाएको हो । 

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको यस सिजनमा १४ टोलीको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले बताए । 

करिब तीन महिनासम्म हुने यस लिगमा सिंगल राउन्ड रोबिनका आधारमा कुल ९१ वटा खेलहरु सञ्चालन हुनेछन् । सबै खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ । आवश्यक परेमा च्यासलस्थित च्यासल रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पनि खेलाइने एन्फाले जनाएको छ ।

लिगमा आरसी ३२ एकेडेमी र खालीबारीसहित सानेपा क्लब, रानीवन स्पोर्ट्स क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मनोहरा युनाइटेड युथ क्लब, गोलबजार स्पोर्ट्स क्लब, झम्सिखेल युथ क्लब, स्पोर्ट्स एकेडेमी साँगा, स्वयम्भू क्लब, सोसियल वेलफेयर स्पोर्ट्स सेन्टर क्लब, सामाजिक युथ क्लब, महावीर स्टडिज एण्ड एथलेटिक्स एसोसिएसन र बागमती युथ क्लबले खेल्नेछन् ।

यस सिजनमा ‘सी’ डिभिजन लिग खेल्ने १४ मध्ये ५ क्लब उपत्यका बाहिरका छन् । जसमा बागमती युथ क्लब (सर्लाही), गोलबजार युथ क्लब (सिरहा), आरसी ३२ फुटबल एकडेमी (सुर्खेत), रानीवन स्पोर्ट्स क्लब (बाजुरा) र स्पोर्ट्स एकेडेमी साँगा (काभ्रे) छन् । यस बाहेक काठमाडौंबाट ५ र ललितपुरबाट ४ क्लब छन् ।

बिहीबार एन्फा कम्प्लेक्समा हुने पहिलो खेला आरसी ३२ र खालीबारी युवा क्लबबीच हुने साहले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीका लागि १० लाख रुपैयाँ पुरस्कार छ । त्यस्तै, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः सात लाख र पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार