मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

मुख्यमन्त्री कार्की स्वयं इलाम पुगे, प्रदेश सरकारबाट मोरङ, इलाम र झापामा निरन्तर राहत पठाइयो

Ujyalosandeshonline 12461+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

विराटनगर  । भारी वर्षा र पहिरोले प्रभावित मोरङ, इलाम र झापा जिल्लाका पीडितका लागि कोशी प्रदेश सरकारले निरन्तर रूपमा राहत सामग्री पठाइरहेको छ । सवारीसाधन पुग्न सक्ने स्थानहरूमा ट्रकमार्फत राहत सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

आज (मंगलबार) बिहान मुख्यमन्त्री हिक्मत कुमार कार्की स्वयं इलाम स्थलगत निरीक्षणमा गएका हुन् । उनले इलाममा पुगेर जिल्ला विपद् व्यवस्थापन समितिसँग खोज तथा उद्धार, राहत वितरण र अवरुद्ध सडक सञ्जाल पुनः सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरे । 

मुख्यमन्त्री कार्कीले इलाममा सुरक्षा निकायको संयुक्त बैठक समेत बोलाएर विपद् व्यवस्थापनको कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सो क्रममा उनले भनेका छन्, ‘प्रदेश सरकारको सामथ्र्यले भ्याएसम्म सबै प्रभावित क्षेत्रमा राहत पु¥याउने काम निरन्तर जारी रहनेछ।’

प्रदेश सरकारले अहिले पहिरो प्रभावित क्षेत्रहरूमा खाद्यान्न, लत्ता–कपडा, औषधि र प्राथमिक उपचार सामग्री पठाइरहेको छ । सवारीसाधन नपुगेका ठाउँमा हेलिकप्टरमार्फत राहत पु¥याउने तयारी पनि भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार