आम जनता पार्टीको प्रदेश स्तरिय विस्तारित बैठक सम्पन्न

Ujyalosandeshonline 10904+ समाचार ( )
साउन ५ गते भैरहवामा वृहत प्रर्दशन गर्ने निर्णय
७ असार २०८१, बिहीबार

भैरहवा । आम जनता पार्टी नेपाल, लुम्बिनी प्रदेशको विस्तारित बैठक बिहिबार भैरहवामा सम्पन्न भएको छ । बैठकले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालन तथा विद्यमान बिभिन्न समस्याहरुको समाधानको दबाब दिने उद्देश्य सहित साउन ५ गते भैरहवामा वृहत प्रर्दशन गर्ने निर्णग गरेको छ ।

पार्टीका लुम्बिनी प्रदेशका अध्यक्ष नारायण पाण्डेले उक्त प्रर्दशनमा आम जनता पार्टीका केन्द्रिय अध्यक्ष प्रभु साह सहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । 

विस्तारित बैठकलाई सम्बोधन गर्दै आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगरले आम जनता पार्टी समुदायमा रहेको आम मानिसहरुको पार्टी भएको यसले आम समस्याहरुकै उठान गरेको बताए । उनले अहिले पार्टीले गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनलाई बटमलाईन बनाएर अगाडी बढेको बताए । “यसको सञ्चालनको लागि बिभिन्न दबाबमूलक कार्यक्रमहरु सहित लुम्बिनी प्रदेशको भैरहवामा केन्द्रित रहनेछौं ।” उनले भने “यस बाहेक लुम्बिनी प्रदेशको राजधानी बुटवलमै हुनुपर्छ भन्ने हाम्रो दोश्रो प्राथमिकताको माग हो ।”

वरिष्ठ उपाध्यक्ष थापा मगरले अहिले आम जनताले भोगिरहेको चर्को ब्याजदरको समस्या बारे पनि पार्टी गम्भिर भएको बताए । बैंकहरुको मनोमानी ब्याजदर संगै सहकारी लगायत वित्तिय संस्थाहरुमा देखिएको समस्याहरुलाई पार्टीले प्रमुखताका साथ उठान गरेको उनको दावी थियो । 

सोही कार्यक्रममा बोल्दै आम जनता पार्टीका महासचिव त्रिभुवन साहले बिभिन्न बहानामा भैरहवा बिमानस्थल सञ्चालनमा बाधा पु¥याईदै आएको बताए ।“कहिले भारतको अवरोध, कहिले आईएलएस त कहिले कुन बहानामा विमानस्थल सञ्चालनमा अवरोध हुदै आएको छ ।” उनले भने “तर अब हामी चुप लागेर बस्दैनौ, यो सञ्चालन गर्न हामी जे पनि गर्न तयार छौं ।”

साहले सरकारले मधेशी बाहुल्य क्षेत्र भएकै कारण भैरहवा बिमानस्थल र निजगढ बिमानस्थल तर्फ चासो नदिएको गुनासो समेत गरे ।

आम जनता पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष नारायण पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका नेताहरु हरि पौडेल, विमला बिक लगायतले बोलेका थिए । कार्यक्रम विक्रम चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार