मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |
मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |


तिल्पुङ–धोबी सडक निर्माण नसकिँदै भत्कियो, कमसल काम गरेर भुक्तानी लिइयो

Ujyalosandeshonline 12614+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

रामेछाप । रामेछापको तिल्पुङ–धोबी सडकको लिखु तामाकोसी गाउँपालिका–७ स्थित तिल्पुङ ढ्याङ्ग्रेको घुम्तीदेखि कटहरे घुम्तीसम्मको सडक निर्माण नसकिँदै ध्वस्त भएको छ । पूर्वाधार विकास कार्यालय मन्थली मार्फत निर्माण भएको सो सडक निर्माण नसकिँदै ठाउँ ठाउँमा भत्किएको छ भने सडकमा गरिएको पिच अधिकांश ठाउँमा उक्किएर टालटुल पारी भुक्तानी लिइएको हो । 

कूल चार किलोमिटर सो सडक विस्तार तथा कालोपत्रेका लागि श्री गौरीशङ्कर÷रुपाकालीजेभी काठमाडौंले २०८० असार १८ गते ठेक्का सम्झौता गरेको थियो । २०८२ असार १७ गते काम सक्नेगरी सो कम्पनीले कूल १२ करोड ६४ लाख ५४ हजार २ सय ३३ रुपैँयामा ठेक्का सम्झौता गरेको थियो । आयोजना अन्तर्गत सडक विस्तार, टेवापर्खाल तथा पिचको काम भएको छ । सडक गरिएको पिच निर्माण नसकिँदै ठाउँ ठाउँमा उक्किएपछि अधिकांश ठाउँमा टालिएको छ ।

‘पहिला हालेको पिच ठाउँ ठाउँमा भत्कियो, पछि फेरी टालटुल पारेर गए, आँखामा छारो हाल्ने काम मात्र भयो, ठाउँ ठाउँमा पहिरो झरेको छ, कतिपय ठाउँमा सडक नै झरेको छ, पर्खालहरू भत्किएर त्यस्तै छ, व्यक्तिको घरमा जानो बाटाहरू भीर बनाएर छाडिएको छ’, स्थानीय मिनुका आले मगरले भनिन् । 

सडकको अत्यावश्यक ठाउँमा संरक्षण पर्खाल नलगाउँदा गाउँ नै बग्ने जोखिम बढेको छ । तिल्पुङ ढ्याङ्ग्रेमा सडक माथिबाट चलेको पहिरोले बस्ती नै जोखिममा परेको स्थानीयको गुनासो छ । ‘पहिरो नियन्त्रणको लागि न निर्माण व्यवसायीले ध्यान दिएको छ न कार्यालयले नै चासो देखाएको छ, लगातार गइरहेको पहिरोले सवारी आवागमन र सर्वसाधारणलाई यात्रामा समेत जोखिम भएको छ, सडक निर्माणमा गर्दा गरिएको लापरबाहीको कारण १५ घर भएको बस्ती नै बग्ने अवस्थामा पुगेको छ’, लिखु तामाकोसी गाउँपालिका–७ की कार्यवाहक वडाध्यक्ष कल्पना पाण्डेले भनिन् । 

तिल्पुङको अक्कर भीरमा सडक उकास्न लगाएको ग्याभिनवाल सरेर पुरै सडक धसिनलागेको छ ।सो ठाउँमा कुनै पनि बेला सडक अवरुद्ध हुने अवस्थाछ ।त्यसमा पनि सरोकारवालको ध्यान पुगेको छैन ।तिल्पुङको कटहरे घुम्तीमा लगाइएको पिसिसी वाल जगैसम्म भत्किएको छ ।सोही ठाउँ नजिकै लगाएको मेसिनरी वाल समेत भत्किएर सडक माथिको घर जोखिममा परेको छ ।

कार्यालय र निर्माण व्यवसायीको लापरबाहीको कारण सडक गुणस्तरीय बन्न नसकेको वडा सदस्य सरोज आले बताउँछन् । ‘हामीले पटक पटक भन्यो तर हाम्रो कुरा सुनुवाइ नै भएन’, आलेले भने ।कमसलनिर्माण सामाग्री र बलियो जग नभएको कारण वाल भत्किएको स्थानीय दीपबहादुर लुङ्गेली मगर बताउँछन् । ‘जग नै नराखी माथिबाट पर्खाल लगाए, त्यो पनि निर्माण सामग्री राम्रो भएन, त्यसैले भत्कियो’, उनले भने । 

निर्माण व्यवसायीले काम सकिसकेको कारण अब क्षति भएको संरचना बन्छ कि बन्दै भन्ने आशङ्का स्थानीयलाई छ । ‘एक वर्षसम्म भत्किएको नसिकाएको जिम्मा निर्माण व्यवसायीको हुन्छ भनेको छ, तर सबै तिर भत्किएको छ, रोड सबै बिग्रिएको छ, के बनाउलान् खै’,कार्यवाहक वडाध्यक्ष पाण्डेले भनिन् ।

यस विषयमा आयोजना सूचना पाटीमा लेखिएको निर्माण व्यवसायीको साइड इञ्चार्ज विक्रम बुढाथोकीको मोबाइल नम्बरमा फोनगर्दा मोबाइल स्विच अफ थियो । कार्यालयको तर्फबाट साइट हेर्ने भनि नाम लेखिएका प्राविधिक सुदिप कार्कीको नम्बरमा फोनगर्दा उनले आफूले सुरुको फेजमा काम हेरेको भए पनि पछिल्लो काम आफूले नहेरेको जानकारी दिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार