मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

कपिलवस्तुमा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

Ujyalosandeshonline 12611+ समाचार ( )
६ अशोज २०८१, आइतबार

कपिलवस्तु । कपिलवस्तु प्रहरीले पेस्तोल सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका – ८ सानो गणेशपुर चोकस्थित चन्द्रौँटाबाट कृष्णनगर जाँदै गरेको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र ५ राउण्ड गोली बरामद गरेको छ । भारत उत्तर प्रदेशको बस्ती जिल्लाका गौतम पिपरा गाउँका ३५ वर्षे प्रितम कुमारले चलाएको मोटरसाइकल पछाडि बसेका भारत उत्तरप्रदेशको देबापार हरनखा बस्ने २२ वर्षे सुरज द्विवेदीका साथबाट प्रहरीले गएराति बरामद गरेको हो । 

प्रहरीले मोटरसाइकल चेकजाँचका क्रममा द्विवेदीले कम्मरपछाडि लुकाई छिपाई राखेको अवस्थामा फेला परेको जिल्ल प्रहरी प्रबक्ता नायब उपरीक्षक हरिबहादुर वलीले बताए । ५ राउण्ड गोली लोड रहेको अवस्थामा मेड ईन कानपुर लेखेको पेस्तोल बरामद गरिएको हो । त्यस्तै, उनीहरुसंग फेरामाईन ईन्जेक्सन ३ थान, प्याक गरिएको सिरिन्ज दुई थान र केही नाम नखुलेको औषधि केही पत्तापनि बरामद भएकोछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार