अर्घाखाँची । सडक दुर्घटना लाई न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय र स्वास्थ कार्यालय अर्घाखाँचीले ट्राफिक सचेतना कार्यक्रम सहित डेमाे प्रर्दशन कार्यक्रम सदरमुकाम सन्धिखर्कमा सम्पन्न गरेको छ ।
दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सहित डेमाे प्रर्दशन गरि गाडीमा ट्राफिक सचेतना सहित पर्चा, पम्पलेट सवारी गाडीमा टासिएकाे हाे । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण काेइरालाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । कार्यक्रममा मन्तब्य राख्दै काेईरालाले मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सडक लेन अनुशासन पालना गर्न, हेल्मेटको प्रयोग गरी मोटरसाइकल तोकिएको सीमित गतिमा चलाउनका लागि आग्रह गरे । उनले ट्राफिक नियम प्रती सबै जिम्मेवार र प्रतिबद्व हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कुष्ण प्रसाद पाेखेल, पत्रकार महासंघका अध्यक्ष गणेश खनाल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चत्र बहादुर मल्लले समग्रमा ट्राफिक नियमकाे बारेमा दुर्घटना हुदा अपनाउनु पर्ने सावधानी लगायतका बारेमा जानकारी गराए ।
प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलकाे अध्यक्षता प्रहरी सहायक निरिक्षक संगित परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा सडक दुर्घटना अपनाउनु पर्ने सावधानी , जाेखिम , न्युनिकरणका उपायको बारेमा समेत डेमाेमा प्रर्दशन गरिएको थियोे