मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

नो केवलकार आन्दोलन’ लाई समर्थन जनाउँदै जनकपुरधाममा विरोध सभा

Ujyalosandeshonline 12696+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

जनकपुर । मुकुम्लुङ क्षेत्रमा स्थानीय समुदायको ‘नो केवलकार आन्दोलन’ लाई समर्थन जनाउँदै राष्ट्रिय मुक्ति पार्टी मधेस प्रदेशले जनकपुरधाममा विरोध सभा आयोजना गरेको छ । विरोधसभामा वक्ताहरूले स्थानीयवासीको सहमति विना ठूला परियोजना थोपर्न नहुने भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाएका थिए ।

राष्ट्रिय मुक्ति पार्टीका नेता राजीव झाले मुकुम्लुङका बासिन्दाले केवलकार निर्माणको विरोध गरिरहे पनि सरकारले जबरजस्ती परियोजना अघि बढाउने प्रयास गरेको आरोप लगाए । उनले योजना अघि बढाउनुभन्दा पहिले स्थानीय समुदायसँग परामर्श हुनुपर्ने बताउँदै यस्तो जबरजस्तीले जनताको अधिकार हनन हुने चेतावनी दिए ।

झाले २०७५ सालअघि संरक्षित क्षेत्र रहेको पाथीभरा पहाडलाई जबरजस्ती ‘विकास क्षेत्र’ घोषित गरेर केही व्यापारी र राजनीतिक व्यक्तिहरूलाई फाइदा पुर्याउने प्रयास गरिएको आरोप लगाए । उनका अनुसार यस क्षेत्रमा पहिले गरिएको विकास प्रयासहरू असफल भएका थिए । तर, अब पुनः स्थानीय आवाजको बेवास्ता गर्दै केवलकार निर्माण अघि बढाउन खोजिएको छ ।

कोणसभामा राष्ट्रिय मुक्ति पार्टीका नेता संजय चौधरी, दीपक झा, विद्यार्थी नेता तनबिर रेजा लगायतका वक्ताहरूले सरकारले स्थानीय सरोकारको वेवास्ता गरेको भन्दै विरोध जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार