मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

भैरहवा बहुमुखी : माग पुरा नभएपछि क्याम्पस प्रमुखको कोठामा तालाबन्दी

Ujyalosandeshonline 12611+ समाचार ( )
२० असार २०८१, बुधवार

भैरहवा । भैरहवा बहुमुखी क्याम्पसका विधार्थी संगठनहरुले क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरेका छन् । मंगलबार नेपाल विधार्थी संघ र अखिल क्रान्तिकारीको क्याम्पस ईकाइले २४ घण्टाको अल्टिमेटम सहित संयुक्त रुपमा विभिन्न सात बुँदे मागहरु राख्दै क्याम्पस प्रमुख अनिलकुमार झालाई पत्र बुझाएको थियो । क्याम्पस प्रमुखको कोठामा प्रशासन शाखा समेत रहेकोले तालाबन्दीले क्याम्पसको प्रशासनिक कार्यमा समेत असर परेको छ । 

आफुहरुले राखेको मागहरुप्रति क्याम्पस प्रशासनद्वारा वेवास्ता गरिएकोले तालाबन्दी गरिएको दुवै विधार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरी जनाएका छन् । ‘क्याम्पस प्रशासनले मनोमानी ढंगले कार्यहरु गरेको पाईएपछि हामीले मंगलबार २४ घण्टामा सम्बोधन गर्नका लागि सात बुँदे माग राख्दै क्याम्पस प्रमुखलाई पत्र बुझाएका थियौँ’ नेपाल विधार्थी संघका भैरहवा बहुमुखी क्याम्पस ईकाइ सभापति नवराज अर्यालले भने, ‘तर, ‘हाम्रो मागहरुलाई क्याम्पस प्रशासनले वेवास्ता गरेको देखिएपछि तालाबन्दी गरेका हौँ ।’

उनले माग सम्बोधन नभएसम्म तालाबन्दी यथावत रहने र अझै पनि मागहरुप्रति वेवास्ता गरेको पाईएमा क्याम्पस कार्यालयको अन्य शाखाहरु समेत तालाबन्दी गरिने बताए । अखिल क्रान्तिकारीका भैरहवा बहुमुखी क्याम्पस ईकाइ अध्यक्ष मनिष ढकालले क्याम्पस प्रशासनले आफुहरुले राखेको मागहरु हल्का रुपमा लिएर सम्बोधन नगरे आन्दोलनमा उत्रिनमा बाध्य हुने बताए । 

दुवै संगठनका ईकाइ सभापति/अध्यक्ष सहित नेपाल विधार्थी संघ रुपन्देहीका उपसभापति आकाश पौडेल, नेपाल विधार्थी संघका भैरहवा बहुमुखी क्याम्पस ईकाइ उपसभापति उमर बादशाह खान, ईकाइ सचिव विशाल श्रीवास्तवको उपस्थितीमा तालाबन्दी गरिएको हो ।

दुवै संगठनले मंगलबार हालसम्म स्ववियूको सम्पूर्ण हिसाब सबै संगठन समक्ष पेश गर्न देखि लिएर बिबिएस चोथौ वर्षलाई भ्रमण वर्ष भनि छुट्टाईएको विवादित बजेट के आधारमा तोक लगाएर बजेट निकासा गरिएको सम्म क्याम्पस प्रशासनसँग जवाफ खोज्दै पत्र बुझाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार