मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

भैरहवा बहुमुखी : माग पुरा नभएपछि क्याम्पस प्रमुखको कोठामा तालाबन्दी

Ujyalosandeshonline 12206+ समाचार ( )
२० असार २०८१, बुधवार

भैरहवा । भैरहवा बहुमुखी क्याम्पसका विधार्थी संगठनहरुले क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरेका छन् । मंगलबार नेपाल विधार्थी संघ र अखिल क्रान्तिकारीको क्याम्पस ईकाइले २४ घण्टाको अल्टिमेटम सहित संयुक्त रुपमा विभिन्न सात बुँदे मागहरु राख्दै क्याम्पस प्रमुख अनिलकुमार झालाई पत्र बुझाएको थियो । क्याम्पस प्रमुखको कोठामा प्रशासन शाखा समेत रहेकोले तालाबन्दीले क्याम्पसको प्रशासनिक कार्यमा समेत असर परेको छ । 

आफुहरुले राखेको मागहरुप्रति क्याम्पस प्रशासनद्वारा वेवास्ता गरिएकोले तालाबन्दी गरिएको दुवै विधार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरी जनाएका छन् । ‘क्याम्पस प्रशासनले मनोमानी ढंगले कार्यहरु गरेको पाईएपछि हामीले मंगलबार २४ घण्टामा सम्बोधन गर्नका लागि सात बुँदे माग राख्दै क्याम्पस प्रमुखलाई पत्र बुझाएका थियौँ’ नेपाल विधार्थी संघका भैरहवा बहुमुखी क्याम्पस ईकाइ सभापति नवराज अर्यालले भने, ‘तर, ‘हाम्रो मागहरुलाई क्याम्पस प्रशासनले वेवास्ता गरेको देखिएपछि तालाबन्दी गरेका हौँ ।’

उनले माग सम्बोधन नभएसम्म तालाबन्दी यथावत रहने र अझै पनि मागहरुप्रति वेवास्ता गरेको पाईएमा क्याम्पस कार्यालयको अन्य शाखाहरु समेत तालाबन्दी गरिने बताए । अखिल क्रान्तिकारीका भैरहवा बहुमुखी क्याम्पस ईकाइ अध्यक्ष मनिष ढकालले क्याम्पस प्रशासनले आफुहरुले राखेको मागहरु हल्का रुपमा लिएर सम्बोधन नगरे आन्दोलनमा उत्रिनमा बाध्य हुने बताए । 

दुवै संगठनका ईकाइ सभापति/अध्यक्ष सहित नेपाल विधार्थी संघ रुपन्देहीका उपसभापति आकाश पौडेल, नेपाल विधार्थी संघका भैरहवा बहुमुखी क्याम्पस ईकाइ उपसभापति उमर बादशाह खान, ईकाइ सचिव विशाल श्रीवास्तवको उपस्थितीमा तालाबन्दी गरिएको हो ।

दुवै संगठनले मंगलबार हालसम्म स्ववियूको सम्पूर्ण हिसाब सबै संगठन समक्ष पेश गर्न देखि लिएर बिबिएस चोथौ वर्षलाई भ्रमण वर्ष भनि छुट्टाईएको विवादित बजेट के आधारमा तोक लगाएर बजेट निकासा गरिएको सम्म क्याम्पस प्रशासनसँग जवाफ खोज्दै पत्र बुझाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार