मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

‘संविधान संशोधन र राजनीतिक स्थायित्वका लागि सहमति बनेको हो’

Ujyalosandeshonline 11009+ समाचार ( )
१९ असार २०८१, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले  संविधान संशोधन र राजनीतिक स्थायित्वको लागि सहमति भएको बताएका छन् ।

मंगलबार सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले सत्तामा जानुपर्छ भन्ने मान्यताभन्दा माथि गएर सहमति भएको सुनाए । उनले आर्थिक स्थिरता र विकास निर्माणलाई प्राथमिकता दिएर अगाडि बढ्नेगरी सहमति बनेको बताए ।

उनले भने, ‘संविधानमा आवश्यक शंसोधन लागि पनि एउटा राष्ट्रिय सहमती निर्माण गर्ने र आर्थिक स्थिती, विकास निर्माणमा देखिएको समस्यालाई अन्त्य गर्नको लागि एउटा स्थिर राजनीति, संविधानलाई समसामयिक रुपमा संशोधन गर्न सहमति जुटाउने हिसाबले अगाडि बढ्नको लागि नयाँ राजनीतिक कोर्ष बनेको हो । दुई दलको बीचमा सँगै अगाडि बढ्ने र सरकार निर्माण गर्ने एवम आवश्यकता अनुसार अन्य दललाई पनि समावेश गर्नेगरी ाष्ट्रिय सहमतिको सरकारकै नाम दिइएको छ ।’

उनले ओलीको नेतृत्वमा सरकार सञ्चालन गर्ने र त्यसमा अन्य पार्टीलाई सहभागी गराउने पनि बताए ।

उनले भने, ‘यसमा ओली र हाम्रो पार्टी सभापतिले आलोपालो नेतृत्व गर्नु कुरा भएको छ । नेतृत्व कांग्रेस र एमालेको नै हुन्छ । यसमा अरु दललाई पनि सहभागी गराउन सकिन्छ भन्ने आधारमा नै समझदारी भएको छ ।’

उनले आर्थिक विकासमा देखिएको समस्या समाधान गर्नको लागि बृहत्तर राष्ट्रिय हितमा सहमति भएको भन्दै यसलाई कार्य सम्पादन समितिको बैठले औपचारिक रुपमा अनुमोदन गर्ने बताए ।

यस्तै, उनले सोमबार राति राष्ट्रपति निवासमा देउवा र ओली गएको सूचना गलत भएको पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार