मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

हाईटेन्सन लाईनको पोलमा ठोक्किएर एक युवकको मृत्यु

Ujyalosandeshonline 12611+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

भैरहवा । बुटवलको कालिकापथमा रहेको हाईटेन्सन पोलमूनि एक जनाको शव भेटिएको छ । शव शनिबार देखि हराईरहेको भनिएका तिलोत्तमा नगरपालिका वडा नम्बर २ बस्ने २० वर्षिय गोपाल टण्डनको रहेको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार टण्डन हराएको भन्दै खोजीका लागि आईतबार प्रहरीमा परिवारले निवेदन दिएका थिए । 

सोमबार स्थानियहरुले हाईटेन्सन पोल मूनि शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी प्रवक्ता कार्कीले टण्डनको मृत्यु दुर्घटनाबाट भएको बताएका छन् । “हामीले त्यो क्षेत्रको विभिन्न सिसिटीभी क्यामेराहरुको अवलोकन ग¥यौ”, कार्कीले भने “सोही क्रममा शनिबार राती उहाँको दुर्घटना भएको देखिएको हो, यस विषय अन्य अनुसन्धान गरिरहेकै छौं ।”

लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल ११ कालिका पथमा विद्युतको वालमा ठोक्किँदा सो दुर्घटना भएको डिएसपी कार्कीले बताए । सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको सिसिटीभी दृश्यहरुमा राती करिब सवा २ बजे दुर्घटना भएको देखिएको छ । तिव्र गतिमा रहेको मोटरसाईकल पोल नजिकै थुपारिएको निर्माण सामाग्री हुदै पोलमा ठोक्किएको देखिएको छ । 

हाइटेन्सन पोलमा ठोक्किएर दुर्घटना भईरहेको गुनासो बढ्दै गए पछि अहिले त्यसको स्थानमा मोनोपोल लगाउने कामको सुरुवात भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार