मुख्य समाचार
डाँढा गाउँ जलाशय | गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने | ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ | अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह | राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा | मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन | औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी | ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह | डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु | ‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ |

हाईटेन्सन लाईनको पोलमा ठोक्किएर एक युवकको मृत्यु

Ujyalosandeshonline 11775+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

भैरहवा । बुटवलको कालिकापथमा रहेको हाईटेन्सन पोलमूनि एक जनाको शव भेटिएको छ । शव शनिबार देखि हराईरहेको भनिएका तिलोत्तमा नगरपालिका वडा नम्बर २ बस्ने २० वर्षिय गोपाल टण्डनको रहेको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार टण्डन हराएको भन्दै खोजीका लागि आईतबार प्रहरीमा परिवारले निवेदन दिएका थिए । 

सोमबार स्थानियहरुले हाईटेन्सन पोल मूनि शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी प्रवक्ता कार्कीले टण्डनको मृत्यु दुर्घटनाबाट भएको बताएका छन् । “हामीले त्यो क्षेत्रको विभिन्न सिसिटीभी क्यामेराहरुको अवलोकन ग¥यौ”, कार्कीले भने “सोही क्रममा शनिबार राती उहाँको दुर्घटना भएको देखिएको हो, यस विषय अन्य अनुसन्धान गरिरहेकै छौं ।”

लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल ११ कालिका पथमा विद्युतको वालमा ठोक्किँदा सो दुर्घटना भएको डिएसपी कार्कीले बताए । सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको सिसिटीभी दृश्यहरुमा राती करिब सवा २ बजे दुर्घटना भएको देखिएको छ । तिव्र गतिमा रहेको मोटरसाईकल पोल नजिकै थुपारिएको निर्माण सामाग्री हुदै पोलमा ठोक्किएको देखिएको छ । 

हाइटेन्सन पोलमा ठोक्किएर दुर्घटना भईरहेको गुनासो बढ्दै गए पछि अहिले त्यसको स्थानमा मोनोपोल लगाउने कामको सुरुवात भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार