मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त : प्रदेश प्रमुख कर्ण

रासस 548+ समाचार ( )
१७ वैशाख २०८३, बिहीबार

महेन्द्रनगर (धनुषा)। मधेस प्रदेशका प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले सुशासन र समृद्धिका लागि नैतिक शिक्षा आधारभूत सर्त रहेको बताउनुभएको छ । मधेसी आयोगको आयोजना तथा इन्सेकको सहकार्यमा आज जनकपुरधाममा ‘नैतिकवान मधेस र सशक्त नैतिक शिक्षा’ कार्यक्रमअन्तर्गत ‘प्रशासनिक आचरण, उत्तरदायित्व र सुशासित–समृद्ध मधेस निर्माणमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तक्र्रिया सम्पन्न भएको थियो ।

सो अन्तरक्रियामा प्रदेश प्रमुख कर्णले समाजमा नैतिक मूल्यमान्यता कमजोर बन्दै जाँदा प्रशासनिक अनुशासन र पारदर्शितामा चुनौती देखिएकाले यसलाई सुधार गर्न शिक्षादेखि नै नैतिकता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी प्रदेशसभा सदस्य शारदा पहाडीले नीति र व्यवहारबीचको दूरी घटाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले नैतिक शिक्षालाई जीवनपद्धतिसँग जोड्न सके मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने धारणा राख्नुभयो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले स्थानीय तहदेखि नै सुशासनको अभ्यास सुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकास निर्माणका काममा पारदर्शिता, जनसहभागिता र निगरानी प्रणाली सुदृढ गर्नसकेमा भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै मधेसी आयोगका सदस्य आभा सेतू सिंहले नैतिक शिक्षा समाज रुपान्तरणको मूल आधार भएको बताउनुभयो । उहाँले मधेसको समग्र विकासका लागि नैतिकता, अनुशासन र उत्तरदायित्वलाई संस्थागत गर्नुपर्नेमा जोड दिँदै यसका लागि सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य अनिता साह, लाल गोइतलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार