मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

थाहा नगरपालिकामा गोरेटो बाटोबाट लडेर वृद्धको मृत्यु

Ujyalosandeshonline 12321+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा गोरेटो बाटोबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ। थाहा नगरपालिका-६, बज्रबाराहीको पोखरीडाँडास्थित गोरेटो बाटोबाट लडेर नगरपालिका-१ कुन्छालका ६२ वर्षीय कृष्ण गोपालीको मृत्यु भएको हो।

प्रहरीका अनुसार, मृतक गोपाली आफ्नो घरदेखि करिब २ किलोमिटर दक्षिणमा रहेको गोठमा बस्दै आएका थिए। बिहीबार बिहान उनी बज्रबाराही बजारमा दूध बेचेर आफ्नो गोठतर्फ फर्कँदै थिए। सोही क्रममा पोखरीडाँडाको गोरेटो बाटोबाट चिप्लिएर उनी करिब १० मिटर तल खसेका थिए। शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

स्थानीयले बिहान करिब ८:३० बजे गोरेटो बाटोमुनि एक व्यक्ति मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, पालुङबाट प्रहरी निरीक्षक सविन बाबु अर्यालको नेतृत्वमा विशेष अनुसन्धान टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार