मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

थाहा नगरपालिकामा गोरेटो बाटोबाट लडेर वृद्धको मृत्यु

Ujyalosandeshonline 12612+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा गोरेटो बाटोबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ। थाहा नगरपालिका-६, बज्रबाराहीको पोखरीडाँडास्थित गोरेटो बाटोबाट लडेर नगरपालिका-१ कुन्छालका ६२ वर्षीय कृष्ण गोपालीको मृत्यु भएको हो।

प्रहरीका अनुसार, मृतक गोपाली आफ्नो घरदेखि करिब २ किलोमिटर दक्षिणमा रहेको गोठमा बस्दै आएका थिए। बिहीबार बिहान उनी बज्रबाराही बजारमा दूध बेचेर आफ्नो गोठतर्फ फर्कँदै थिए। सोही क्रममा पोखरीडाँडाको गोरेटो बाटोबाट चिप्लिएर उनी करिब १० मिटर तल खसेका थिए। शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

स्थानीयले बिहान करिब ८:३० बजे गोरेटो बाटोमुनि एक व्यक्ति मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, पालुङबाट प्रहरी निरीक्षक सविन बाबु अर्यालको नेतृत्वमा विशेष अनुसन्धान टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै