मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

पूर्व आईजीपी खनाल भन्छन्ः ‘म सुन तस्करीमा संलग्न छैन’

Ujyalosandeshonline 12461+ समाचार ( )
२ चैत्र २०८०, शुक्रबार

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र नाग खनालले सुन तस्करी प्रकरणमा मिडियाले अनावश्यक रुपमा आफ्नो नाम जोडेको भन्दै मिडिया विरुद्ध अदालत जाने चेतावनी दिएका छन् । 

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानबिन समितिको अनुसन्धान प्रतिवेदनमा खनाललाई समेत कारबाहीका लागि सिफारिस गरिएको भनी समाचार प्रकाशमा आएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै खनालले छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै गलत समाचार लेखेको भन्दै आपत्ति जनाएका हुन् । 

आफूले देश र जनताको लागि ३० वर्षे प्रहरी करियरमा राम्रोमात्रै काम गरेको दाबी गरेका खनालले मिडियाहरुमा आएको भ्रमपूर्ण समाचारले आफूमाथि मानसिक दबाब र मानवअधिकारको पनि हनन भएको दाबी गरे । 

सुन तस्करी प्रकरणमा आफूसँग नाम जोडिएका जीवन चलाउनेलाई आफूले नचिन्ने उनको भनाई थियो । 

‘न मैले चलाउने भन्नेलाई चिनेको छु, म सक्याउनेलाई नै चिनेको छु । प्रमाणहरु छन् भने अनसुन्धान गर्नुहोस् । ३० वर्ष प्रहरी सेवामा निष्ठापूर्वक काम गरेको छु । देश र नागरिकप्रति त्यही सोच र विचार छ । किन यसरी प्रहार हुन्छ,’ खनालले भने । 

एमाले प्रवेश गरेर गत संसदीय निर्वाचनमा प्रतिष्पर्धा समेत गरेका खनालले अधिकांश समय मिडियाको आलोचना गर्नमा खर्च गरेका थिए । नामै काढेर उनले भने, ‘२०६३ सालमा कान्तिपुरमा एट्याक भयो । मैले प्रेस फ्रिडमको पक्षमा लडें । प्रेसलाई सुरक्षित गर्नुपर्छ भनेको हो नि । मैले त त्यतिबेला कान्तिपुरको वितरणमा समेत सहयोग गरें । म आईजी हुँदापनि कान्तिपुरले गलत समाचार छाप्यो । मैले गलत समाचार किन छापेको भनेर सुधीर शर्मालाई सोधेको थिएँ । उहाँले गल्ती भयो भनेर खण्डन गर्न सल्लाह दिनुभएको थियो । तर, मैले खण्डनभन्दा पनि रिपोर्ट प्रकाशन गर्दा गल्ती भयो भनेर लेख्नुहोस् भनेको थिएँ ।’

उनले आफू छोरीहरुको अध्ययनको लागि अमेरिका पुग्दा पनि भाग्यो भनेर समाचार आएकोमा आपत्ति जनाए । उनले भने, ‘म अमेरिका गएँ, छोरीहरु एउटा डाक्टर, अर्को कानून पढाउनको लागि गएको थिएँ । टिकट अलिक महँगो भएर बसाई लम्बिएको बेला सर्वेन्द्र त भाग्यो अरे भनेर समाचार आयो । यहीँ डाका, तस्कर, फटाहा, चोर अपराधीलाई ठाउँकोठाउँ कारबाही गरेको सर्वेन्द्र यो देश छोडेर भाग्छ ? मैले त्यतिवेला टिकट प्रि–पोण्ड गरेर काठमाडौं आएँ ।’

आफूले एमालेका नेताहरु कसैलाई पनि आफूमाथि अनुसन्धान नगर भनेर नभनेको जिकिर गरे । यदि आफूले कसैलाई भनेको भए प्रमाणित गर्न पनि उनले चूनौति दिए । 

आफूले यो प्रकरणमा सिआईबीदेखि कसैसँग पनि केही नभनेको खनालको दावी छ । उनले अहिले सुन तस्करी प्रकणमा गठित छानबिन आयोगले बुझाएको प्रतिवेदनमा भएका सबैलाई कारबाही गर्नुपर्ने माग गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार