रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सामाजिक कार्यक्रममा मापदण्ड विपरीत चर्को आवाजमा डिजे तथा ध्वनि विस्तारक यन्त्रको अनाधिकृत प्रयोग नगर्न र पटाकाजन्य पदार्थ पूर्ण रूपमा निषेध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेद्वारा जारी सूचनाअनुसार स्वास्थ्य, पठनपाठन, शान्ति सुरक्षा र सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने भएकाले यस्तो अनुरोध गरिएको हो। प्रचलित कानुन विपरीत यस्ता गतिविधि गरे–गराएमा कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनीसमेत दिएको छ।