मुख्य समाचार
लुम्बिनीमा ‘साइकल यात्रा’ सुरु, ग्रामीण पर्यटन प्रवर्द्धन हुने | यातायात कार्यालयमा ‘सेटिङ’ मिलाउन खोज्ने ७ बिचौलिया प्रहरीको फन्दामा | पूर्वी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प | सिद्धार्थनगरको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग पाँचवर्षे सम्झौता | भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन २४ हजार करोड नेपाली रुपैयाँको विकास प्याकेज घोषणा | रोहिणीको सेमरपानीबाट भन्सार छली भित्र्याउँदै गरिएको रु. १० लाख बढीको सामान बरामद | प्रधानमन्त्री शाह र मोदीबिच आज भेटवार्ता : महत्वपूर्ण सम्झौता र आयोजना उद्घाटन हुने | नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न | बुटवलमा भन्सार छलीका मोजा र अटोसहित रु छ लाख ७९ हजारभन्दा बढीको सामान बरामद | गुल्मी अस्पतालको सेवा यसै महिनाभित्र नयाँ भवनबाट सञ्चालन हुने |

लुम्बिनीमा ‘साइकल यात्रा’ सुरु, ग्रामीण पर्यटन प्रवर्द्धन हुने

Ujyalosandeshonline 12714+ समाचार ( )
९ मंगशिर २०८३, मङ्गलबार

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई आसपासका ग्रामीण बस्ती र संस्कृतिसँग जोड्ने उद्देश्यले मङ्गलबारदेखि ‘लुम्बिनी साइकल यात्रा’ सुरु गरिएको छ । दिगो पर्यटन परियोजनाअन्तर्गत लुम्बिनी होटल सङ्घ नेपाल र सरोकारवालाको पहलमा तीनवटा साइकल मार्ग सञ्चालनमा ल्याइएको हो ।

मायादेवी मन्दिरमा मात्र सीमित पर्यटकलाई पर्खालबाहिरका बस्ती र मौलिक परिवेश देखाउन अभियान थालिएको सङ्घका अध्यक्ष लीलामणि शर्माले बताउनुभयो । वडा नम्बर १० बाट सुरु हुने गरी आठ किलोमिटरको ‘मैत्री मार्ग’, १६ किमीको ‘प्रज्ञा मार्ग’ र २४ किलोमिटरको ‘करुणा मार्ग’ तय गरिएका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष आनी छोइङ डोल्मा, पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक खड्गविक्रम शाह र लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले साइकल यात्राले वातावरण स्वच्छ राख्दै स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार