रुपन्देही । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीबाट खटिएको गस्ती टोलीले भन्सार छली भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको रु. १० लाख २७ हजार ५०० बराबरको विद्युतीय सामग्री बरामद गरेको छ ।
जिल्लाको रोहिणी गाउँपालिका–१, सेमरपानीस्थित सीमावर्ती क्षेत्रबाट २८५ थान सामसुङ मोबाइल चार्जरको एडाप्टर तथा नौ थान एप्पल कम्पनीका हेडफोन बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईले जानकारी दिनुभयो ।बरामद गरिएका उक्त अवैध चोरी पैठारीका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको डिएसपी भट्टराईले बताउनुभयो ।