काठमाडौँ । पूर्वी नेपालको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेट जाँदा ताप्लेजुङको ओलाङचुङ गोला नजिकै तिब्बतसँग जोडिएको क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का कोशी प्रदेशका केही जिल्लामा समेत महसुस गरिएको केन्द्रले जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।