मुख्य समाचार
भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन २४ हजार करोड नेपाली रुपैयाँको विकास प्याकेज घोषणा | रोहिणीको सेमरपानीबाट भन्सार छली भित्र्याउँदै गरिएको रु. १० लाख बढीको सामान बरामद | प्रधानमन्त्री शाह र मोदीबिच आज भेटवार्ता : महत्वपूर्ण सम्झौता र आयोजना उद्घाटन हुने | नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न | बुटवलमा भन्सार छलीका मोजा र अटोसहित रु छ लाख ७९ हजारभन्दा बढीको सामान बरामद | गुल्मी अस्पतालको सेवा यसै महिनाभित्र नयाँ भवनबाट सञ्चालन हुने | सभामुख अर्यालद्वारा ‘नेपाल–जापान फेस्टिभल २०२६’ को उद्घाटन | कटुवा पेस्तोलसहित एक महिला पक्राउ | नेपाल–भारत द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल | जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो |
मुख्य समाचार
भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन २४ हजार करोड नेपाली रुपैयाँको विकास प्याकेज घोषणा | रोहिणीको सेमरपानीबाट भन्सार छली भित्र्याउँदै गरिएको रु. १० लाख बढीको सामान बरामद | प्रधानमन्त्री शाह र मोदीबिच आज भेटवार्ता : महत्वपूर्ण सम्झौता र आयोजना उद्घाटन हुने | नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न | बुटवलमा भन्सार छलीका मोजा र अटोसहित रु छ लाख ७९ हजारभन्दा बढीको सामान बरामद | गुल्मी अस्पतालको सेवा यसै महिनाभित्र नयाँ भवनबाट सञ्चालन हुने | सभामुख अर्यालद्वारा ‘नेपाल–जापान फेस्टिभल २०२६’ को उद्घाटन | कटुवा पेस्तोलसहित एक महिला पक्राउ | नेपाल–भारत द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल | जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो |


भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन २४ हजार करोड नेपाली रुपैयाँको विकास प्याकेज घोषणा

Ujyalosandeshonline 12710+ समाचार ( )
मोदीले रामायण सर्किट, सीमा पूर्वाधार, ऊर्जा, व्यापार तथा विपद् पुनर्निर्माणमा सहकार्य बढाउने प्रतिबद्धता जनाए
८ मंगशिर २०८३, सोमबार

भैरहवा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएको बताएका छन्। नेपालमा नयाँ पुस्ताको आकांक्षा र जनताले दिएको ऐतिहासिक जनादेशलाई सम्मान गर्दै भारतले नेपालको विकास यात्रामा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदिले नेपालमा गत अगस्टमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको पुनर्स्थापना, नयाँ अवसर सिर्जना तथा भविष्यमा विपद् सामना गर्ने क्षमता अभिवृद्धिका लागि २४ हजार करोड नेपाली रुपैयाँको विकास सहयोग प्याकेज घोषणा गरेका छन्।

भारत–नेपाल सम्बन्ध केवल छिमेकी मुलुकबीचको सम्बन्ध नभई आत्मीयता, साझा विश्वास, इतिहास, संस्कृति, धर्म र जनस्तरको गहिरो सम्बन्ध भएको मोदीले उल्लेख गरे। दुवै देशका खुसी, चुनौती र प्रगतिका विषय साझा रहेको बताउँदै उनले एकअर्काको विकासमा साझेदार तथा कठिन परिस्थितिमा सहयोगी बन्ने प्रतिबद्धता जनाए।

रामायण र धार्मिक पर्यटनलाई नयाँ जोड

भारत र नेपालबीचको साझा धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन रामायण सर्किट र धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य गरिने मोदीले बताए।

जनकपुरको पवित्र भूमिमा सन् २०१८ मा आफूले नेपालबिनाको भारतका धार्मिक धाम तथा सरोकार अधुरो हुने अभिव्यक्ति दिएको स्मरण गर्दै उनले राम र सीताको साझा आस्थालाई दुवै देशको सभ्यताको पहिचान बताए।

सन् २०२४ मा अयोध्यामा रामललाको प्राणप्रतिष्ठापछि करोडौँ श्रद्धालु दर्शनका लागि पुगेको उल्लेख गर्दै उनले आज सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवाले अयोध्या र जनकपुरबीच धार्मिक यात्रालाई सहज बनाउने विश्वास व्यक्त गरे। यसबाट अयोध्या आउने श्रद्धालुहरूलाई जनकपुर पुगेर माता सीताको दर्शन गर्न थप सुविधा पुग्ने उनले बताए।

लुम्बिनी, बोधगया तथा दुवै देशका बौद्ध, शिव र शक्तिसँग सम्बन्धित पवित्र स्थलबीचको सम्पर्क विस्तार गर्न पनि सहकार्य गरिने मोदीले बताए।

सीमा पूर्वाधार र व्यापारिक सम्पर्क विस्तार

भारत र नेपालबीच व्यापार तथा नागरिक आवागमन सहज बनाउन सडक, रेल र सीमा पूर्वाधारका परियोजनालाई गति दिइने भएको छ।

मोदीले उत्तराखण्ड र नेपालबीच धारचुला सडक पुलको उद्घाटन तथा बनबासामा एकीकृत जाँच चौकी (आईसीपी) को शिलान्यास गरिएको जानकारी दिए। नेपालतर्फ दोधारा–चाँदनी एकीकृत जाँच चौकीको काम पनि तीव्र गतिमा अघि बढाइने उनले बताए।

बिहार, उत्तर प्रदेशलगायत भारतका अन्य राज्य र नेपालबीच सडक, रेल तथा सीमा सम्पर्कका परियोजनालाई गति दिइने उल्लेख गर्दै नेपाललाई काँधला र पारादीप बन्दरगाहसम्मको पहुँच उपलब्ध गराउने घोषणा पनि उनले गरे।

यी परियोजनाले नेपालको पारवहन व्यापार सहज बनाउनुका साथै व्यापारिक गतिविधि, लगानी र आर्थिक विकासलाई नयाँ गति दिने विश्वास मोदीले व्यक्त गरे।

जलविद्युत् क्षेत्रमा सहकार्य

नेपालका नदीहरूमा स्वच्छ ऊर्जा उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै मोदीले भारतको विशाल ऊर्जा बजारले नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताए।

यसै सन्दर्भमा लोअर अरुण जलविद्युत् परियोजनाको शिलान्यास गरिएको तथा अरुण तेस्रो परियोजना समयमै सम्पन्न गर्न भारत प्रतिबद्ध रहेको उनले बताए। नेपालमा उत्पादित विद्युत् भारतको बजारसम्म पुर्‍याउने अवसरले नेपालको ऊर्जा क्षेत्र र अर्थतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

पेट्रोलियम आपूर्ति र ऊर्जा पूर्वाधार

भारतले वर्षौंदेखि नेपाललाई पेट्रोलियम पदार्थ तथा आवश्यक वस्तुको विश्वसनीय आपूर्तिकर्ताका रूपमा सहयोग गर्दै आएको मोदीले बताए।

आपूर्ति क्षेत्रमा चुनौती भए पनि नेपाललाई इन्धन, मल तथा अन्य आवश्यक वस्तुको आपूर्ति निरन्तर कायम राखिएको उल्लेख गर्दै उनले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन तथा झापा पेट्रोलियम टर्मिनलको शिलान्यासले दुई देशबीचको ऊर्जा साझेदारी थप बलियो बनाउने बताए।

युवा, प्रविधि, खेलकुद र सिर्जनात्मक क्षेत्रमा सहकार्य

नेपालको युवा पुस्ता प्रतिभा, ऊर्जा र ठूला सपनाले भरिएको भन्दै मोदीले उनीहरूको क्षमता विकास र अवसर विस्तारमा भारतले सहयोग गर्ने बताए।

रामायणको कथा चलचित्र तथा आधुनिक प्रविधिमार्फत नयाँ पुस्तासम्म पुर्‍याउन भारत र नेपालका युवा सिर्जनाकर्मीले संयुक्त रूपमा काम गर्नुपर्ने उनको धारणा थियो। साझा सांस्कृतिक विरासतलाई नयाँ माध्यमबाट विश्वभर फैलाउन सहकार्य गरिने उनले बताए।

आगामी ब्रिक्स शिखर सम्मेलनमा नेपालबाट ठूलो प्रतिनिधिमण्डलको स्वागत गर्ने इच्छा व्यक्त गर्दै उनले खेलकुद, विशेषगरी क्रिकेटको पूर्वाधार विकास र खेलाडी प्रशिक्षणमा पनि सहयोग विस्तार गरिने बताए।

साझा भविष्यका लागि संयुक्त दृष्टिकोण

भारत र नेपालले साझा भविष्यलाई नयाँ दिशा दिन संयुक्त दृष्टिकोण दस्तावेज जारी गरेको मोदीले बताए। उक्त दस्तावेज विकसित भारत र समुन्नत नेपालका लक्ष्यलाई साझा प्रयासमार्फत हासिल गर्ने आधार बन्ने उनको भनाइ छ।

आपसी विश्वास, स्पष्ट लक्ष्य, क्षमता र साझा धार्मिक–सांस्कृतिक आस्थाले दुई देशलाई अघि बढाउने उल्लेख गर्दै मोदीले भारत–नेपाल सम्बन्धको नयाँ सुनौलो अध्याय लेख्ने विश्वास व्यक्त गरे।

उनले अन्त्यमा भारत–नेपाल मैत्री अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याए।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार