मुख्य समाचार
रुपन्देहीमा चर्को आवाजमा डिजे बजाउन र पटाका पड्काउन निषेध | कतारका राजदूतसँगको भेटमा सभामुखद्वारा लगानी र हवाई सम्पर्क विस्तारमा जोड | पूर्वाधार र संरक्षण अभावमा ओझेलमा प्राचीन ककरपत्ता नगर | लुम्बिनीमा ‘साइकल यात्रा’ सुरु, ग्रामीण पर्यटन प्रवर्द्धन हुने | यातायात कार्यालयमा ‘सेटिङ’ मिलाउन खोज्ने ७ बिचौलिया प्रहरीको फन्दामा | पूर्वी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प | सिद्धार्थनगरको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग पाँचवर्षे सम्झौता | भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन २४ हजार करोड नेपाली रुपैयाँको विकास प्याकेज घोषणा | रोहिणीको सेमरपानीबाट भन्सार छली भित्र्याउँदै गरिएको रु. १० लाख बढीको सामान बरामद | प्रधानमन्त्री शाह र मोदीबिच आज भेटवार्ता : महत्वपूर्ण सम्झौता र आयोजना उद्घाटन हुने |

कतारका राजदूतसँगको भेटमा सभामुखद्वारा लगानी र हवाई सम्पर्क विस्तारमा जोड

Ujyalosandeshonline 12717+ समाचार ( )
९ मंगशिर २०८३, मङ्गलबार

काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अलअन्सारीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा सभामुख अर्यालले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र कतारबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । कतारमा कार्यरत नेपाली श्रमिकको हकहित, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्न सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले नेपालको जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा कतारी लगानी भित्र्याउन आग्रह गर्नुभयो ।

यस्तै, नेपाली कृषि उपज कतार निर्यात गर्ने वातावरण बनाउन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको उडान सञ्चालनका लागि पहल गर्न तथा खेलकुद र विपद्पछिको पुनर्निर्माणमा सहकार्य विस्तार गर्न सभामुख अर्यालले अनुरोध गर्नुभयो । सो अवसरमा राजदूत अन्सारीले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउन तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्न कतार सरकार सकारात्मक रहेको बताउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार