मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

वर्षौंदेखि एउटै अनुहारको शासनले मर्चवार पछि पर्यो, अब विकल्प खोज्ने बेला

Ujyalosandeshonline 12321+ समाचार ( )
७ फाल्गुन २०८२, बिहीबार

मर्चवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार कन्हैया बनियाले देशमा विद्यमान विसंगति, बेथिति र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापनाका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभएको छ। 'उज्यालो सन्देश' सँगको कुराकानी तथा घरदैलो अभियानका क्रममा उहाँले पुराना राजनीतिक दलहरूले लामो समयदेखि देशको अवस्था बिगारेको आरोप लगाउँदै अबको समय परिवर्तन र प्रणाली सुधारको भएको बताउनुभयो।

विशेषगरी मर्चवार र रुपन्देहीको दक्षिणी क्षेत्रमा लामो समयदेखि विकासका नाममा राजनीति मात्र भएको तर वास्तविक परिवर्तन नआएको भन्दै उहाँले एउटै अनुहार र शक्तिले शासन गर्दा पनि जनताको जीवनस्तर नउकासिएको प्रति आक्रोश व्यक्त गर्नुभयो। उहाँले आफ्नो मुख्य एजेन्डा भ्रष्टाचारमुक्त समाज, नागरिकमैत्री सरकार र रोजगारीको उचित व्यवस्थापन रहेको उल्लेख गर्नुभएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा आम नागरिकको सहज पहुँच हुनुपर्नेमा विशेष जोड दिँदै बनियाले सरकारी अस्पतालहरूमा सामान्य उपचारका लागि पनि हजारौँ खर्च गर्नुपर्ने बाध्यताको अन्त्य गरी निःशुल्क र गुणस्तरीय उपचारको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो। उहाँले परम्परागत शिक्षा प्रणालीलाई विस्थापित गरी आधुनिक डिजिटल शिक्षामा लगानी गर्नुपर्ने र विदेश पलायन हुने युवा शक्तिलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्ने योजना अघि सार्नुभएको छ।

कृषि क्षेत्रको विकासका सन्दर्भमा रुपन्देहीको छपिया क्षेत्र माछा पालनको ठुलो हब भए तापनि सरकारले यसलाई उचित प्राथमिकता नदिएको उहाँको गुनासो छ। भारतबाट माछा आयात गर्नुको सट्टा स्वदेशी उत्पादनलाई नै बजार व्यवस्थापन गरी आत्मनिर्भर बनाउन सकिने तर्क गर्दै उहाँले किसानहरूले भोग्दै आएको मलखादको समस्या र सिँचाइको असुविधालाई दीर्घकालीन रूपमा समाधान गर्न रास्वपा प्रतिबद्ध रहेको बताउनुभयो।

भौतिक पूर्वाधारको सन्दर्भमा उहाँले चक्कीया घाटमा पक्की पुल निर्माण नहुँदा स्थानीयले भोग्नुपरेको सास्तीबारे गम्भीर चिन्ता व्यक्त गर्नुभयो। लुम्बिनी र मर्चवार क्षेत्रलाई जोड्ने यो पुलको अभावमा आधा किलोमिटरको दुरी तय गर्न ३० किलोमिटर घुम्नुपर्ने बाध्यता रहेको र पटक-पटक बजेट विनियोजन भए पनि राजनीतिक प्रतिशोधका कारण काम अघि नबढेको उहाँको दाबी छ। यस प्रकारको विभेद, अन्याय र तानाशाही प्रवृत्तिको विरुद्ध नै आफ्नो विद्रोह रहेको उहाँले प्रस्ट पार्नुभएको छ।

आफू कुनै व्यक्तिगत स्वार्थका लागि नभई मर्चवार र समग्र क्षेत्र नम्बर ४ को मुहार फेर्न राजनीतिमा आएको बताउँदै बनियाले मतदाताहरूलाई अबको चुनावमा पुराना गल्ती नदोहोर्‍याउन र विवेकपूर्ण ढङ्गले परिवर्तनको पक्षमा मतदान गर्न अपिल गर्नुभयो। स्थानीय स्तरमा रहेको जातीय र क्षेत्रीय राजनीतिको अन्त्य गर्दै विकास र सुशासनको नयाँ युग सुरु गर्न आफू र आफ्नो पार्टीको 'घण्टी' चिह्नले मात्रै परिवर्तन ल्याउन सक्ने उहाँको जिकिर छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार