मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

देशका ३१ स्थानमा भारी वर्षा : नदी तटीय क्षेत्रमा बाढीको जोखिम

Ujyalosandeshonline 12463+ समाचार ( )
२३ असार २०८१, शनिबार

काठमाडौं । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले देशका विभिन्न ३१ स्थानमा भारी वर्षा भइरहेको जनाएको छ । 

शनिबार रातिदेखि भइरहेको वर्षाका कारण नारायणी, सप्तकोसीलगायत नदीको बहाव बढ्न थालेको विभागले जनाएको छ । 

त्रिवेणी गण्डक व्यारेजमा आज(शनिबार) बिहान गरिएको मापन अनुसार पानीको बहाव एक लाख २९ हजार क्युसेक पुगेको छ ।

पानीको बहाव बढ्दो क्रममा रहेकोले सर्तकता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ । 

नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि नदी तटीय क्षेत्र नवलपरासी र चितवनको नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले आज साँझसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको हो । 

यस्तै बागमतीमा पनि बाढीको जल सतह बढेको छ । लमजुङको विमल नगरमा मर्स्याङ्दी नदीमा १० मिटर बढी जल सतह बढेको छ ।

आज र भोलि बागमती, नारायणी, कालीगण्डकी, मर्स्याङदी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकोले सर्तकता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार