मुख्य समाचार
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना | रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल | भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना पक्राउ | नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु | ग्यास लिन लामबद्ध नागरिक | धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि |

एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने

Ujyalosandeshonline 11864+ समाचार ( )
९ पौष २०८२, बुधवार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले कसैले एम्बुलेन्स सेवा निर्देशका पालना नगरे कानुनीबमोजिम कारबाही गर्ने बताउनुभयो । मन्त्रालयले एम्बुलेन्स सेवाको  सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन निर्देशिका जारी गरेको छ । उक्त निर्देशिका अनुसार सबै एम्बुलेन्स सेवाहरु प्रेषण केन्द्रमा आबद्ध भई सञ्चालन गर्नुपर्ने छ ।

प्रवक्ता डा बूढाथोकीले उक्त निर्देशिकाविपरीत बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा केही एम्बुलेन्सले आर्थिक प्रलोभनमा पारी बिरामीको इच्छा वा अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशनविना निजी तथा महँगो अस्पतालमा लैजाने गरेको गुनासो मन्त्रालयमा आएको बताउनुभयो । उहाँले मन्त्रालयमा प्राप्त उजुरीमाथि छानबिन गरी कारबाही गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार