मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने

Ujyalosandeshonline 12611+ समाचार ( )
९ पौष २०८२, बुधवार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले कसैले एम्बुलेन्स सेवा निर्देशका पालना नगरे कानुनीबमोजिम कारबाही गर्ने बताउनुभयो । मन्त्रालयले एम्बुलेन्स सेवाको  सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन निर्देशिका जारी गरेको छ । उक्त निर्देशिका अनुसार सबै एम्बुलेन्स सेवाहरु प्रेषण केन्द्रमा आबद्ध भई सञ्चालन गर्नुपर्ने छ ।

प्रवक्ता डा बूढाथोकीले उक्त निर्देशिकाविपरीत बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा केही एम्बुलेन्सले आर्थिक प्रलोभनमा पारी बिरामीको इच्छा वा अस्पतालको प्रेषण वा प्रेषण केन्द्रको निर्देशनविना निजी तथा महँगो अस्पतालमा लैजाने गरेको गुनासो मन्त्रालयमा आएको बताउनुभयो । उहाँले मन्त्रालयमा प्राप्त उजुरीमाथि छानबिन गरी कारबाही गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार