मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

पाकिस्तानको पञ्जाब प्रान्तको मुख्यमन्त्रीमा मरियम नवाज निर्वाचित

Ujyalosandeshonline 12614+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

काठमाडौं । पाकिस्तानका पूर्वमुख्यमन्त्री नवाज सरिफकी छोरी मरियम नवाज पाकिस्तानको पञ्जाब प्रान्तको मुख्यमन्त्रीमा निर्वाचित भएकी छन् ।

मरियम नवाज पञ्जाबको पहिलो महिला मुख्यमन्त्री बन्दै इतिहास पनि रचिन् । मरियम नवाजले २२० मत प्राप्त गर्दै सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार राना अफताब अहमदलाई पराजित गरिन् । 

सुन्नी इत्तेहाद काउन्सिलका सदस्यहरूले मतदान बहिष्कार गरेका थिए ।  त्यसैले राणा अफताब अहमदले कुनै मत प्राप्त गरेनन् ।

संख्याका अनुसार मरियम नवाज पञ्जाबको मुख्यमन्त्री बन्ने निश्चित थियो । पञ्जाब विधानसभाका अध्यक्ष मलिक अहमद खानले मुख्यमन्त्री पदका लागि मात्र मतदान हुने र कुनै पनि सभासदलाई बोल्ने मौका नदिने स्पष्ट पारेका थिए ।

त्यसपछि भएको मतदानमा मरियम नवाज सहजै विजयी भएकी हुन् । यसअघि पञ्जाब विधानसभाका सदस्यहरुको सपथ ग्रहण समारोह भएको थियो, जसमा ३७१ मध्ये ३२१ जनाले सपथ लिएका थिए ।

पञ्जाब विधानसभाको सभामुख र उपसभामुखको निर्वाचनमा पनि नवाज सरिफको पार्टी पीएमएल–एन विजयी भएको छ ।

पीएमएल–एनका मलिक मोहम्मद अहमद खानले २२४ मत प्राप्त गरी सभामुख निर्वाचित भएका छन् । उपसभामुखमा मलिक जहीर चनेरले २२० मत पाएका छन् ।

मरियम नवाज पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी हुन् । मरियम नवाजले सन् १९९२ मा सफदर अवानसँग विवाह गरेकी थिइन् । सफदर अवान पाकिस्तानी सेनामा कप्तान भइसकेका छन् । 

सफदर अवान नवाज सरिफका सुरक्षा अधिकारी पनि थिए । मरियम नवाजका तीन सन्तान छन् । मरियम नवाज २०१२ मा राजनीतिमा प्रवेश गरिन् र आफ्नो बुबा सँग काम गरिन् । मरियम नवाज सन् २०२४ को आम चुनावमा पहिलो पटक पाकिस्तानको नेशनल एसेम्बली र पञ्जाब एसेम्बलीमा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार