मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

एउटै बीमाले सबै अस्पतालमा उपचार : मन्त्री बस्नेत

Ujyalosandeshonline 12618+ समाचार ( )
५ पौष २०८०, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले, एउटा अस्पतालमा गरेको  बीमाले देशका जुनसुकै अस्पतालमा लागू हुने व्यवस्था मिलाउन लागेको जानकारी दिएका छन् । 

बिहीबार राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन द्रुत परिणाम हस्तान्तरण कार्यक्रममा बोल्दै उनले, एउटा अस्पतालमा गरेको  बीमा देशका जुनसुकै अस्पतालमा प्रयोग गर्न पाउने व्यवस्थाको प्रक्रिया अगाडि बढाउन टेक्नोलोजी विकास भै रहेको बताए । 

उनले भने,‘ जुन ठाउँमा बिमा गरेपनि जुन अस्पतालमा गरेपनि उसले पटकपटक प्रयोग गर्दा देशका जुनसुकै अस्पतालमा गएर पनि त्यो बीमा प्रयोग गर्ने अधिकार उसले पाउनेगरी त्यो टेक्नोलोजीहरूको विकास गराउनुहोस् भनेको छु मैले, काम गरिरहनुभएको छ ।’उनले जति चाँडो राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिलाई कार्यान्वयन गर्न सक्यो त्यत्तिनै चाँडो मुलुकले लाभ लिन सक्ने तर्क गरे । 

उनले भने,‘ यत्रो १६ वर्षु कुर्न प¥यो त्यसपछि तपाईहरुले जाँगर लगाउन थाल्नुभयो यसलाई कार्यान्वयनको पक्षमा लानलाई यो जति चाँडो कार्यान्वयन भयो त्यत्ति मुलुकले लाभ लिन सक्छ,  जनताको आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पनि सकिने छ ।’मन्त्री बस्नेतले अहिले मन्त्रालयमा  बिरामीहरूका भिड लाग्ने गरेको भन्दै मन्त्रालय अस्पताल जस्तो भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार