मुख्य समाचार
दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल |

कञ्चनमा स्थानीय रोजगारी प्रवर्द्धनका लागि उद्यमी र रोजगारदाताबीच अन्तरक्रिया

Ujyalosandeshonline 12462+ समाचार ( )
२५ मंगशिर २०८२, बिहीबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले स्थानीय स्तरमा आन्तरिक रोजगारी सृजना गर्ने उद्देश्यले युवा उद्यमी तथा रोजगारदाताहरूसँग समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा श्रम रोजगार कार्यालय बुटवलका सूचना अधिकारी ऋषिराम पन्थीले स्थानीय रोजगारीको सम्भावना, दिगोपन र रोजगारदाताको भूमिकाबारे सहजीकरण गर्नुभएको थियो । सो अवसरमा सहभागी उद्यमीहरू बिष्णु थारु, होम बहादुर तरामु, शसीधर सापकोटा लगायतले दक्ष कामदारको अभाव, लगानीको असुरक्षा र दोहोरो कर प्रणालीका कारण व्यवसायीहरू समस्यामा परेको धारणा राखेका थिए ।

सहभागीहरूलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नवराज ढकालले रोजगारदाताले कामदारहरूको सामाजिक सुरक्षा र बिमाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले लगानीको सुरक्षा र व्यवसायको दिगोपनका लागि स्थानीय सरकारले अधिकतम सुविधा प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

यसैगरी, उपाध्यक्ष मौसमी थापा मगरले सीपसहितको उद्यम विकासले मात्र पेसा व्यवसाय दिगो हुने बताउँदै पालिकाले उद्यमशीलता तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत माधवराज पोख्रेलले यस्तो कार्यक्रमले रोजगारदाता र रोजगार खोज्नेहरूबीचको समस्या समाधानमा पुलको काम गर्ने बताउनुभयो । गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम अध्यक्ष नवराज ढकालको अध्यक्षता र रोजगार संयोजक ईश्वरी ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार