मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय छनोटः रूपन्देही च्याम्पियन

Ujyalosandeshonline 12611+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

भैरहवा । रुपन्देही प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा च्याम्पियन बनेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा रुपन्देहीले दाङलाई ९३ रनले पराजित गर्दै छनोट खेलको च्याम्पियन बनेको हो । विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

टस हारेर ब्याटिङको निम्तो पाएको रुपन्देहीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १ रन बनायो । उसका लागि प्रज्वल थापाले शतकीय पारी खेले । उनले १ सय १ रन जोडे । यस्तै, मनिष थापाले २४, मिर्नाल गुरुङले २२, एजाजुल हकले १८ र विप्रशन केसीले १२ रन बनाए । बलिङमा दाङका दिनेश बोहरा र मोहन खत्रीले  ३–३ तथा बीरबहादुर घर्तीमगर र तुलबहादुर थापाले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको दाङ ३२ ओभर ५ बलमा १ सय ८ रन बनाउँदा अलआउट भयो । उसका लागि मनोज पुनले २२, सुशान्तसिंह थापाले १८, मोहन खत्रीले १७ र तुलबहादुर थापाले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार ब्यहोर्याे । बलिङमा रुपन्देहीका सन्देश थापा र रमेश कुर्मीले ३–३, अजय चौहानले २ तथा कृष्ण कार्की र विप्रशन केसीले १–१ विकेट लिए । खेलमा रुपन्देहीका प्रज्वल थापा प्यलेर अफ द फाइनल घोषित भए ।

विजेता र उपविजेता टिमलाई सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङ, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैया, संघका उपाध्यक्ष विनयराज भण्डारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, नेपाल साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड भैरहवाका प्रमुख हरिचन्द्र श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।

यही फागुन २५ देखि भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमाको एक्स्ट्राटेक र लमही राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोटका लागि जिल्ला स्तरको छनोट खेल सम्पन्न भएको हो । खेलाडीको प्रदर्शन हेरेर छनोट समितिले केही दिनमै लुम्बिनी प्रदेशको एउटा टिम छनोट गर्ने प्रादेशिक क्रिकेट संघ लुम्बिनी प्रदेशका अध्यक्ष संजय गुरुङले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार