मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

पश्चिम नवलपरासीमा वीरेन्द्र यादवको सराहनीय कार्य: गरिबलाई निःशुल्क शववाहन र दाउरा

सितमती हरिजन 24+ समाचार ( )
२६ कार्तिक २०८२, बुधवार

पश्चिम नवलपरासी ।पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६, भुजहवाका युवा समाजसेवी वीरेन्द्र यादवले गरिब र विपन्न परिवारका लागि निःशुल्क शववाहन सेवा र पाँच क्विन्टल दाउरा उपलब्ध गराउने अभियान सुरु गरेका छन्। शववाहनको अभावमा मृतकको अन्त्येष्टिमा भइरहेको कठिनाइलाई मध्यनजर गर्दै यादवले आफ्नो निजी पिकअप गाडीलाई शववाहनको रूपमा प्रयोग गरी यो सेवा सुरु गरेका हुन्। साथै, उनले अन्त्येष्टिका लागि आवश्यक पर्ने पाँच क्विन्टल दाउरा पनि निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

स्थानीय बासिन्दाहरूले यादवको यस कार्यको खुलेर प्रशंसा गरेका छन्, किनकि यसअघि शव दुवानीमा ठूलो समस्या थियो र कतिपय अवस्थामा शवलाई साइकल वा ठेलामा बोकेर लैजानु पर्ने बाध्यता थियो। यादवले भने, “गरिब र विपन्न परिवारलाई शव व्यवस्थापनमा आर्थिक संकटका कारण थप पीडा सहन नपरोस् भन्ने मेरो चाहना हो। यो सेवा मेरो सामाजिक दायित्व हो।”

उनको यो सेवा २४ घण्टा उपलब्ध हुनेछ र मृतकको घरमै शववाहन पठाउने व्यवस्था गरिएको छ। यादवले सेवाका लागि ९८५७०४६३३१ र ९८२१४९२८५० सम्पर्क नम्बर पनि सार्वजनिक गरेका छन्। स्थानीय सामाजिक अभियन्ता र जनप्रतिनिधिहरूले उनको यो कार्यले समाजसेवाको नयाँ आयाम थपेको बताएका छन्। यस कार्यले मानवता, सहयोग र सहानुभूतिको संस्कारलाई बलियो बनाउने प्रेरणा दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार