मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

पश्चिम नवलपरासीमा वीरेन्द्र यादवको सराहनीय कार्य: गरिबलाई निःशुल्क शववाहन र दाउरा

सितमती हरिजन 24+ समाचार ( )
२६ कार्तिक २०८२, बुधवार

पश्चिम नवलपरासी ।पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६, भुजहवाका युवा समाजसेवी वीरेन्द्र यादवले गरिब र विपन्न परिवारका लागि निःशुल्क शववाहन सेवा र पाँच क्विन्टल दाउरा उपलब्ध गराउने अभियान सुरु गरेका छन्। शववाहनको अभावमा मृतकको अन्त्येष्टिमा भइरहेको कठिनाइलाई मध्यनजर गर्दै यादवले आफ्नो निजी पिकअप गाडीलाई शववाहनको रूपमा प्रयोग गरी यो सेवा सुरु गरेका हुन्। साथै, उनले अन्त्येष्टिका लागि आवश्यक पर्ने पाँच क्विन्टल दाउरा पनि निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

स्थानीय बासिन्दाहरूले यादवको यस कार्यको खुलेर प्रशंसा गरेका छन्, किनकि यसअघि शव दुवानीमा ठूलो समस्या थियो र कतिपय अवस्थामा शवलाई साइकल वा ठेलामा बोकेर लैजानु पर्ने बाध्यता थियो। यादवले भने, “गरिब र विपन्न परिवारलाई शव व्यवस्थापनमा आर्थिक संकटका कारण थप पीडा सहन नपरोस् भन्ने मेरो चाहना हो। यो सेवा मेरो सामाजिक दायित्व हो।”

उनको यो सेवा २४ घण्टा उपलब्ध हुनेछ र मृतकको घरमै शववाहन पठाउने व्यवस्था गरिएको छ। यादवले सेवाका लागि ९८५७०४६३३१ र ९८२१४९२८५० सम्पर्क नम्बर पनि सार्वजनिक गरेका छन्। स्थानीय सामाजिक अभियन्ता र जनप्रतिनिधिहरूले उनको यो कार्यले समाजसेवाको नयाँ आयाम थपेको बताएका छन्। यस कार्यले मानवता, सहयोग र सहानुभूतिको संस्कारलाई बलियो बनाउने प्रेरणा दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार