मुख्य समाचार
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना | रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल | भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना पक्राउ | नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु | ग्यास लिन लामबद्ध नागरिक | धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि |

कांग्रेसलाई ओलीको कटाक्ष : नयाँ जमातको थोत्रो पार्टी

Ujyalosandeshonline 11864+ समाचार ( )
१३ चैत्र २०८०, मङ्गलबार

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा पुगेको कांग्रेसलाई नयाँ जमातले बनेको थोत्रो पार्टी भन्दै व्यंग्य गरेका छन् ।एमाले बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले नेपाली कांग्रेस अन्धकारको प्रतिनिधित्व गर्ने पार्टी भन्दै कटाक्ष गरे । 

‘नेपाली कांग्रेसमा धेरै पहिला समाजवाद भन्ने शब्द थियो, त्यो अहिले कतै उक्किएको छ, कतै भत्किएको, यस्तो हालतको छ । समाजवाद कस्तो हो भनेर सोध्यो भने बीपीको टाउकोमा लगेर राख्छन् । अहिले नयाँ जमातले बनेको थोत्रो पार्टी एक मात्र नेपाली कांग्रेस हो,’ उनले भने, ‘थोत्रो पनि अलि अलि काम लाग्छ, काम पनि नलाग्ने बन्छ त्यसलाई पत्रु भन्छ । नेपाली कांग्रेसले संगठन गर्दैन ।  अन्धकारको प्रतिनिधित्व गर्छ । त्यसकारण उसले धेरै मिहिनेत गर्नु पर्दैन । हामी परिवर्तनकारी शक्ति भएको हुनाले हामीले मिहिनेत गर्नुपर्छ ।’ 

उनले कुनै राजनीतिक पार्टीसँग पनि केही नीति नभएको भन्दै सबैले एमालेको नीति लिएर अलिकति बिगारेर बनाएर प्रस्तुत गर्ने गरेको दाबी गरे । नयाँ भनिएका दलहरुसँग पनि नयाँ विचार नभएको भन्दै उनले व्यंग्य गरे । 

उनले भने, ‘कुनै पार्टीसँग पनि अहिले नीति छैन्, उनीहरुलाई एमालेको नीति भत्काउनु मात्रै छ । कसैसँग पनि आर्थिक, औद्योगिक, वाणिज्य, कृषि, सामाजिक न्याय सम्बन्धी कुनै पनि नीति छैन । हामीसँग लिएर अलिकति बिगारेर बनाएर प्रस्तुत गरेको छ । नयाँ पार्टी विचारले नयाँ छैन ।’ 

एमालेलाई देश चलाउन सक्ने हिसाबले बलियो पार्टी बनाउन उनले आह्वान गरे । २०८१ सालमा पार्टीलाई अराजकताबाट मुक्त गरेर समृद्ध बनाउनुपर्ने पनि उनको भनाइ थियो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार