मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

मलेसियामा मधेश प्रदेशका मुख्यमन्त्रीसँग वृहत अन्तरक्रिया, श्रमिकका समस्या समाधानमा जोड

Ujyalosandeshonline 12614+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

क्वालालम्पुर, मलेसिया । मधेश प्रदेशका माननीय मुख्यमन्त्री सतिश कुमार सिंहज्युको विशेष उपस्थितिमा मलेसियास्थित नेपाली राजदूतावासको सभाहलमा एक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महामहिम नेपाली राजदूत डा. नेत्र प्रसाद तिमिल्सिना, दूतावासका कर्मचारी, एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोसहित पदाधिकारीहरू, एनआरएमए मलेसियाका अध्यक्ष महेश यादव ‘निराला’ तथा मलेसियामा कार्यरत श्रमिक प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अन्तरक्रियामा प्रवासी नेपाली श्रमिकहरूले भोग्दै आएका विभिन्न समस्या तथा समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा माननीय मुख्यमन्त्री सिंहले श्रमिकहरूको अधिकार र संरक्षणका लागि आफू २४ घन्टा तत्पर रहने स्पष्ट पार्दै विशेषगरी हाल नेपाली सेक्युरिटी गार्डहरूलाई भइरहेको श्रम शोषण र अन्यायपूर्ण व्यवहारबारे गम्भीरतापूर्वक छलफल गरिएको र तत्काल समाधानतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ। यस अवसरमा मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ र सर्लाही जिल्ला इञ्चार्ज श्रीचन यादव पनि सहभागी हुनु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार