मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

एमाले र प्रधानमन्त्री ओली नै विद्यालय शिक्षा विधेयकको विरुद्धमा हुनुहुन्छ : प्रचण्ड

Ujyalosandeshonline 12490+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओली नै विद्यालय शिक्षा विधेयकको विरुद्धमा रहेको बताएका छन् । बिहीबार अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘शैक्षिक संवाद’ कार्यक्रममा बोल्दै उनले एमाले र कांग्रेसका कारण विद्यालय शिक्षा विधेयक सदनमा पुर्याउन ढिला भएको बताएका हुन् । 

उनले भने, ‘विद्यालय शिक्षा विधेयक सदनमा पुर्याउन ढिलासुस्ती भइरहेको छ ।  ढिला एमाले नेतृत्वका कारण र कांग्रेसका कारण पनि भएको हो । विधेयक मेरो प्रधानमन्त्रीको कालमा दर्ता भएपछि शिक्षकहरुसँग भएका सम्झौता अनुसार बनाउने कुरामा हालको सरकार, एमाले र केपी ओलीजी नै त्यसका विरुद्धमा गएकाले ढिलो भएको हो ।’

उनले माओवादी अभियानका क्रममा घरदैलो जाँदा प्रधानमन्त्री ओलीले शिक्षकहरुलाई किन चाइयो यिनीहरुलाई सुविधा भन्ने अभिव्यक्तिबाट नै विधेयकको विरुद्ध भएको स्पस्ट रहेको बताए । 

‘कोही भ्रममा नपरौं, हामी अभियानमा घरदैलो जाँदा विद्यालय शिक्षा विधेयकको बारेमा बोल्दै गर्दा शिक्षकहरुलाई किन चाइयो यिनीहरुलाई सुविधा भन्ने प्रधानमन्त्री ओलीजी नै हो । त्यही कारणले रोकिएको छ,’उनले भने । अध्यक्ष प्रचण्डले एमाले र कांग्रेसको सरकार सामुदायिक शिक्षाको सुधारका पक्षमा भन्दा पनि निजीकरणको पक्षमा रहेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार