मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

अध्यक्ष उपेन्द्र यादव भन्छन् : देशमा निर्वाचनको विकल्प छैन, सरकारले वातावरण बनाओस्

Ujyalosandeshonline 12611+ समाचार ( )
२९ कार्तिक २०८२, शनिबार

भैरहवा । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । भैरहवामा आयोजित पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा बोल्दै अध्यक्ष यादवले निर्वाचनका लागि सरकारले उचित वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष यादवले हाल देशमा सुरक्षाको वातावरणलाई लिएर धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले यसलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो, “यो सरकारको दायित्व नै निर्वाचन गराउने हो। जनतालाई सुरक्षा दिने प्रहरी प्रशासन भयभीत रहेको अवस्थामा यसको अन्त्य गरेर निर्वाचनको वातावरण बनाउनुपर्छ र निर्वाचन हुनुपर्छ।”

पूर्वउपप्रधानमन्त्री यादवले लोकतन्त्रमा जनताको प्रतिनिधि सरकारमा हुनुपर्ने र जनसङ्ख्याको आधारमा प्रतिनिधित्व आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले पार्टी र उम्मेदवारले पैसा खर्च गर्न नपर्ने गरी निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने तथा सङ्घीय संरचना सुधार्न प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्ने धारणा राख्नुभयो। पार्टीका महासचिव रामकुमार शर्माले उत्पीडित समुदायले पाएका अधिकार सुरक्षित गरी संविधान संशोधनमार्फत देशलाई अग्रगमनतर्फ लैजानुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार