मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

अध्यक्ष उपेन्द्र यादव भन्छन् : देशमा निर्वाचनको विकल्प छैन, सरकारले वातावरण बनाओस्

Ujyalosandeshonline 11768+ समाचार ( )
२९ कार्तिक २०८२, शनिबार

भैरहवा । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । भैरहवामा आयोजित पार्टीको लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशनमा बोल्दै अध्यक्ष यादवले निर्वाचनका लागि सरकारले उचित वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष यादवले हाल देशमा सुरक्षाको वातावरणलाई लिएर धेरैको चिन्ता र चासो रहेको भन्दै सरकारले यसलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो, “यो सरकारको दायित्व नै निर्वाचन गराउने हो। जनतालाई सुरक्षा दिने प्रहरी प्रशासन भयभीत रहेको अवस्थामा यसको अन्त्य गरेर निर्वाचनको वातावरण बनाउनुपर्छ र निर्वाचन हुनुपर्छ।”

पूर्वउपप्रधानमन्त्री यादवले लोकतन्त्रमा जनताको प्रतिनिधि सरकारमा हुनुपर्ने र जनसङ्ख्याको आधारमा प्रतिनिधित्व आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले पार्टी र उम्मेदवारले पैसा खर्च गर्न नपर्ने गरी निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने तथा सङ्घीय संरचना सुधार्न प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्ने धारणा राख्नुभयो। पार्टीका महासचिव रामकुमार शर्माले उत्पीडित समुदायले पाएका अधिकार सुरक्षित गरी संविधान संशोधनमार्फत देशलाई अग्रगमनतर्फ लैजानुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार