मुख्य समाचार
प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग |

राष्ट्रिय सङ्कट हल गर्न वामपन्थी र देशभक्त शक्ति एक भएका हौँ : संयोजक दाहाल

Ujyalosandeshonline 11306+ समाचार ( )
१९ कार्तिक २०८२, बुधवार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सङ्कट हल गर्न वामपन्थी र देशभक्त शक्तिबीच एकता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीचको एकता राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले त्यस्तो सङ्कट हाल गर्न कम्युनिष्ट पार्टी एक भएर अभियान चलाउन लागिएको बताउनुभयो ।

“पार्टी एकताले नयाँ राष्ट्रिय एकताको आधार तयार गरेको छ”, उहाँले भन्नुभयो । विगतको कमजोरी सच्याउनुको विकल्प नभएको उल्लेख गर्दै संयोजक दाहालले पार्टी नेता र कार्यकर्ताको सुझावका आधारमा पार्टी सञ्चालन गरिने प्रतिबद्धता गर्नुभयो । कम्युनिष्ट आन्दोलनलाई ध्रुव्रीकृत गर्ने अभियान सञ्चालन गरिने उद्घोष गर्दै उहाँले राष्ट्र र लोकतन्त्रको रक्षार्थ कम्युनिस्ट, लोकतन्त्रवादी र राष्ट्रवादी शक्तिसँग हातेमालो गर्नुपर्ने बताउनुभयो ।     

नेपाली कम्युनिस्ट पार्टीलाई देशको १ नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने जिकिर गर्दै उहाँले देशभर एकता घोषणा अभियान र चुनावी गतिविधि सञ्चालन गरिने बताउनुभयो । आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै नबिर्सने उल्लेख गर्दै संयोजक दाहालले भन्नुभयो, “सम्भवतः १० वटा घटकहरू एकैदिन मिलेको दिन सबै आ–आफ्नो ठाउँमा वैचारिक सङ्घर्षबाट गुज्रेका नेताबाट भएको यो एकता साँच्चै अभूतपूर्व छ ।” 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार