मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

समयमै गर्भनर नियुक्ति नगर्दा अर्थतन्त्रलाई ठूलो असर पर्छ : प्रभु शाह

Ujyalosandeshonline 12457+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

काठमाडौं । आम जनता पार्टी–आजपाका अध्यक्ष प्रभु शाहले गर्भनर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने बताएका छन् । शुक्रबार प्रतिनिभिसभाको बैठकमा बोल्दै उनले पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेकोले यस्तो मनपरि गर्न नहुने बताएका हुन् ।

उनले भने, ‘किन अहिलेसम्म दुई महिना अगाडि गर्भनर नियुक्ति हुनुपर्ने आजसम्म नियुक्ति भएको छैन । पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेको छ । यस्तो मनपरिले देश अर्थतन्त्रलाई ठूलो असर पारिरहेको कुरा म ध्यानाकर्षण गर्न चाहन्छु ।’

साथै, उनले जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने यो भन्दा बिडम्बना के हुन्छ भन्दै प्रश्न गरे । उनले तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिती रहेको बताए ।  

उनले भने, ‘बैंकरहरुको मनमानीले लुटले आज बैंकहरु अस्तव्यस्त भएका छन् । एकातिर  आम जनताले  कर्जा पाइराखेको छैन भने अर्कोतिर  बैंकमा पैसा थुप्रिएको छ । तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिती छ । जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याज दिनुपर्ने यो  भन्दा बिडम्बना के हुन्छ ?’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार