मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

टिम्मुर खेती : न बाँदरले खाने डर, न बिग्रिएला भन्ने पिर

Ujyalosandeshonline 11768+ समाचार ( )
१४ श्रावण २०८१, सोमबार

रामेछाप । तपाईँको जमिनमा बाँदरले दुःख दिएर खेती नै लगाउन छाड्नु भएको छ ? अथवा काम गर्ने मान्छे नभएर जमिन त्यतिकै बँझिएको छ ? अब चिन्ता नगर्नुस्, बाँझो जमिनमा टिम्मुर खेती लगाउनुस्, मनग्य आम्दानी लिनुस् । न बाँदरले खाला भन्ने डर, न समयमा बिक्री नभएर बिग्रिएला भन्ने डर । जत्र् िउब्जाए पनि बिक्री हुन्छ, स्वदेशमा बिक्री नभए विदेशमा हुन्छ, त्यो पनि राम्रो मूल्यमा । 

काम गर्ने मानिस नहुँदा पहाडका जमिनहरू दिनदिनै बाझिँदै छन् । त्यस्तो जमिनमा एक पटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने बिरुवा टिम्मुर लगाउने हो भने निरन्तर आम्दानी हुन सक्छ । यस्तै एक पटक लगाएपछि निरन्तर आम्दानी हुने र बाँदर लगायतका जङ्गली जनावरले पनि दुःख नदिने नगदे बालीको रूपमा टिम्मुर खेती देखिएको छ । 

बहुउपयोगी मसला र आयुर्वेदिक औषधिको रूपमा समेत प्रयोग हुने टिम्मुरको नेपाल र चीन लगायतका अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको छ । टिम्मुरको खेती बेसीदेखि माथिल्लो लेकाली भेगमा समेत हुने गरेको छ । तथापि गुणस्तरको हिसाबले जति माथिल्लो भागमा उत्पादन भयो त्यति नै गुणस्तरीय हुने विश्वास गरिन्छ । 

रामेछापको खाँडादेवी गाउँपालिकामा पनि टिम्मुरको राम्रो उत्पादन हुने गरेको खाँडादेवी गाउँपालिका–८ का किसान सिंहबहादुर तामाङ बताउँछन् । एक पटक लगाएको टिम्मुरको बोटले ३) वर्ष बढी उत्पादन दिने तामाङको भनाइ छ । उनको बारीमा लगाएको एउटा बोट टिम्मुरले लगातार २५ वर्षदेखि उत्पादन दिँदै आएको छ । 

उत्पादित टिम्मुर गाउँबाट नै ५ सय रुपैयाँ मानाको दरले बिक्री हुने उनले बताए । एउटा बोटमा दुई पाथी बढी टिम्मुर फल्ने र त्यसबाट ७ देखि १० हजार रुपैयाँ आम्दानी गर्न सकिन्छ । तामाङले टिम्मुरका फल मात्र होइन बिरुवा समेत उत्पादन गरेर बिक्री गर्ने गरेका छन् । एउटा बिरुवा ५० रुपैयाँको दरले बिक्री गर्ने गरेको उनले बताए । टिम्मुरको बिरुवाका माग गाउँमा नै उच्च रहेको उनको भनाइ छ । ‘यस वर्ष ५ सय बिरुवा उत्पादन गरेको थिएँ, सबै सकियो’, उनले भने ।  

किसानको मागलाई ध्यानमा राखी खाँडादेवी गाउँपालिकाले पनि वन कार्यालयसँग समन्वय गरेर यस वर्ष केही टिम्मुरका बिरुवा वितरण गरेको छ । तर किसानको माग अधिक भएकोले माग अनुसारका बिरुवा पुर्याउन नसकेको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । टिम्मुरका दानालाई टिपेर सुकाएपछि लामो समयसम्म भण्डारण गरेर राख्न पनि सकिन्छ । त्यसैले यो तुरुन्तै बिक्री भएन भन्ने डर पनि हुँदैन । भण्डारण गरेर उपयुक्त र राम्रो भाउ आएको समयमा यसलाई बिक्री गर्न सकिन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार