मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

विकसित नयाँ समीकरणमा कुनै पार्टी एक्लै अघि बढ्न सक्दैन् : माधव नेपाल

Ujyalosandeshonline 12612+ समाचार ( )
२२ असार २०८१, शुक्रबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको बताएका छन् । शुक्रबार महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको भन्दै यस्तो अवस्थामा आफ्नो पार्टीको खोजी भइरहेको बताए ।

उनले भने, ‘अहिले राष्ट्रिय राजनीतिमा उलटफेर भइरहेको छ । यस्तो बेला हाम्रो पार्टीको माग छ । अहिले कुनैपनि पार्टी एक्लै जानसक्ने अवस्थामा छैनन् । या त एउटा कित्तामा उभिनुपर्छ, या त अर्कोमा उभिनुपर्ने वाध्यता छ । यसबेला सहयोगीहरुको आवश्यता परिरहेको छ । त्यस अर्थमा त्यसमा हाम्रो भूमिका छुट्टै  छ ।’

उनले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको भन्र्दै त्यसले प्रदेशमा पार्ने प्रभावबाट कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनाउनु आवश्यक रहेको औंल्याए । नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि छलफल र परामर्श गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । 

नेपालले भने, ‘अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको छ । यसले केन्द्रमा मात्रै प्रभाव पार्ने छैन, प्रदेश प्रदेशमा पनि प्रभाव पार्नेछ । यस अर्थमा हामीले कसरी अघि बढ्ने हो, यसबारेमा विभिन्न दलहरुसँग पनि वार्ता गर्नुपर्ने छ । नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि छलफल, परामर्श गर्नुपर्ने आवश्यकता छ । कुन ढंगले अघि बढ्ने हो, कस्तो नीति लिने, कस्तो आकार ग्रहण गर्ने, पुरानो सरकार कहिले बिदा हुन्छ, यी सबै कुरा यत्तिकै निष्कर्षमा पुग्दैनन् । यसमा हाम्रो सहभागिता र भूमिका हुने भएकाले यसमा एकजुट भएर अघि बढ्नुपर्ने अवस्था छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार