मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

रासस 719+ समाचार ( )
२ माघ २०८२, बिहीबार

सिरहा । यहाँको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र नवजात शिशुको घरदैलोमै पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार यहाँका १२ वटा स्वास्थ्य केन्द्रलाई बिपी सेट, स्टेथोस्कोप र मेडिकल झोलालगायत उपकरण हस्तान्तरण गर्दै अभियानको सुरुआत गर्नुभएको हो । 

उहाँले नगरपालिकाले २४ वटै वडाका स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्यकर्मीलाई घरघरमै पठाउने व्यवस्था मिलाइएको बताउनुभयो । सुत्केरी भएको ४२ दिनभित्र स्वास्थ्यकर्मीहरूले २४ घण्टा, तीन दिन, सात दिन र ४२ दिनमा गरी चारपटक घरमै पुगेर जाँच गर्ने व्यवस्था गरिएको छ । 

विशेषगरी यातायातको पहुँच नभएका र ग्रामीण भेगका महिलालाई लक्षित गरी यो कार्यक्रम ल्याइएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि आमा वा शिशुले उपचार र परामर्शको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो । विशेषगरी ग्रामीण भेगका आर्थिक रूपमा विपन्न र यातायातको पहुँच नभएका महिलाहरूलाई लक्षित गरेरे कार्यक्रम सुरु गरेका हौँ ।”

नगरपालिकाले विगत ४ वर्षदेखि हरेक महिनाको २२ गते २४ वटै वडामा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज’ समेत वितरण गर्दै आएको छ । स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार स्वास्थ्यकर्मीहरूले केवल स्वास्थ्य जाँच मात्र नगरी सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानी र खानपानबारे पनि परामर्श दिनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार