मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छस् मन्त्री चौधरी

Ujyalosandeshonline 12198+ समाचार ( )
३ वैशाख २०८१, सोमबार

सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले स्वस्थ, सभ्य, असल र संस्कारी समाज बनाउनका लागि आध्यात्मिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन् । सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले धार्मिक सद्भाव र आध्यात्मिक चेतनाले वर्तमान समाजलाई परिवर्तन गर्न सक्ने बताइन् । 

नेपाली भूमि हिन्दु सनातनीहरूको ठुलो पावन भूमि रहेको भन्दै मन्त्री चौधरीले इतिहासको कालखण्डमा लिखित हिन्दु सनातनीमा मात्र नभएर अनेक इतिहासहरूले कोरिएको कौशिक नदीको नाम जोडिएको भूमिका हिसाबले पनि चतरा धाम महत्त्वपूर्ण रहेको बताउनुभयो । 

‘हामी धर्म, कर्म, आध्यात्मिक चेतनाले खाली हामी परमधाम, परमपिता अथवा स्वर्गमा जान्छौँ भन्ने आशा राख्छौँ, तर त्यतिमात्रै होइन । अहिलेको समाज धेरै तडकभडक, धेरै प्रतिस्पर्धात्मक छ, अस्वस्थ प्रतिस्पर्धा छु,’ उनले भनिन्, ‘यसले अस्वस्थ प्रतिस्पर्धालाई चिर्न मद्दत पु¥याउँछ । त्यसकारण हरेक व्यक्ति अनुशासनमा रहने हो भने धार्मिक हुनु जरुरी छ ।’

भारतमा पनि १२ वर्षमा ठुलो कुम्भ मेला लाग्ने गरेको प्रशङ्ग उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता धार्मिक मेलाहरूले मुलुकको पर्यटकीयसँगै आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताइन् । 

उनले बराहक्षेत्र र चतरा एक महत्वपूर्ण धार्मिक गन्तव्य भएको भन्दै यहाँको धार्मिक गन्तव्यहरूको विकास र प्रवद्र्धन गर्नका निम्ति तीन वटै तहका सरकारले ध्यान केन्द्रीत गर्नुपर्ने बताइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार