मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

विवाहपञ्चमीका लागि जनकपुरधाममा धुमधामका साथ तयारी हुँदै

Ujyalosandeshonline 11009+ समाचार ( )
३ मंगशिर २०८२, बुधवार

जनकपुर । जनकपुरधामसहित पौराणिक मिथिलाञ्चल क्षेत्रमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवको तयारी तीव्र रुपमा भइरहेको छ । जनकपुरधामको जानकी मन्दिर र बाह्रविघा मैदान, राममन्दिर, विवाह मण्डपलगायतका स्थानहरुमा दिन रात सरसफाई, सजावट, स्टेज निर्माणका कार्यहरु भइरहेको छ ।

बिहीबार (भोली) देखि सुरु हुनलागेको सात दिने विवाहपञ्चमी महोत्सवको तयारीका लागि जनकपुरधामका सम्पूर्ण निकायहरु सक्रिय रुपमा काम गरिरहेका छन् । जानकी मन्दिरले अगुवाई गर्दै आएको विवाहपञ्चमी महोत्सवका लागि प्रत्येक वर्ष झै यस वर्ष पनि विभिन्न समितिहरु गठन गरिएको छ । हरेक समितिलाई छुट्टाछुट्टै जिम्मेवारीहरु टोकिएको छ ।

भारतको अयोध्याबाट आउने बाराती, साधु सन्त र श्रद्धालुहरुको स्वागतदेखि, विश्राम गर्ने, खाने र घुम्नेलगायतका सम्पूर्ण व्यवस्था मिलाउन फरकफरक समितिहरुलाई जिम्मेवारी दिइएको छ । मन्दिर सजावट, पिउने पानीको व्यवस्था, बिजुलीबत्ति, लाईट, साउण्ड, सुरक्षा, ट्रार्फिक व्यवस्थापनलगायतको जिम्मा सम्बन्धित निकायहरुलाई नै दिइएको छ ।

जानकी मन्दिर प्राङ्गनमा हुने कार्यक्रमहरुका लागि जानकी मन्दिरले आफै सम्पूर्ण व्यवस्था मिलाएको छ । स्वयम्बरका लागि बाह्रविघा मैदानको सरसफाई, खाल्डो भर्ने, पण्डाल निर्माण लगायतको व्यवस्थापनको जिम्मा जनकपुरधाम उपमहानगरपालिकाले लिएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले यस वर्ष बाह्रविघा मैदानमा शौचालय, सुरक्षा, विश्रामस्थल, उपचार कक्ष लगायतको व्यवस्थामा विशेष ध्यान दिइएको बताए । उनले आउँदो वर्षमा बाह्रविघा मैदानमा स्थायी रुपमै स्टज, शौचलयहरुको व्यस्थापन हुने जानकारी दिए ।

यता जानकी मन्दिका छोटे महन्थ राम रोशन दासले दश लाख भन्दा बढी श्रद्धालुभक्तजन तथा हजारौं पर्यटकहरु विवाहपञ्चमी महोत्सव हेर्न आउने ठाउँमा मधेश प्रदेश सरकारले शून्य लगानि गरेकोमा गुनासो व्यक्त गरे । उनले प्रदेश सरकारले गत वर्ष ससानो कार्यहरु गरे पनि यस वर्ष भने विवाहपञ्चमीको एक दिनमात्र बाँकी रहँदासम्म कुनै किसिमको सहयोगका लागि समन्वय गर्न नआएकोमा गुनासो गरेका छन् । 

छोटे महन्थ दासले देशको राजनीतिक अवस्था स्थिर नरहेकोले विवापञ्चमीलाई ध्यानमा राखेर कुनै किसिमको बन्द, अवरोध जस्ता कृयाकलाप नगर्न आग्रह गरे । उनले विवाहपञ्चमी हेर्न आउने भक्तजन तथा पर्यटकहरुको स्वागत गरिदिन सबैलाई आग्रह गरेका छन् ।

विवाहपञ्चमी महोत्सव भोलीदेखि सुरु हुँदैछ । भोली पहिलो दिन नगरदर्शन रहेको छ । पर्सि शुक्रबार, फूलबारी लिला, शनिबार धनुष यज्ञ, आईतबार तिलकोत्सव, सोमबार मटकोर, मंगलबार स्वयमवर तथा विवाहमहोत्सव र बुधबार अन्तिम दिन रामकलेवा रहेको छ । यस वर्ष दश लाख भन्दा बढि श्रद्धालुभत्तजन विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने आंकलन गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार