मुख्य समाचार
गौशालासँगै भगवान् श्रीकृष्णको जीवनचक्र र डन्डा कोरिडोर : पर्यटक अड्याउने नगरप्रमुख खाँको यस्तो छ योजना | नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सवारी दुर्घटना : एकको मृत्यु, १३ घाइते | कस्मेटिक सामानसहित ५१ लाख मूल्य बराबरको ईभी गाडी पक्राउ | बूढीगण्डकी निर्माणका लागि बजेट अभाव हुन नदिने सरकारको प्रतिबद्धता | रुपन्देहीमा पहिलो पटक ‘एकेडेमी क्रिकेट लिग–२०८३’ हुने | स्रोत नखुलेको साढे पाँच लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक नियन्त्रणमा | महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु | रुपन्देहीमा चर्को आवाजमा डिजे बजाउन र पटाका पड्काउन निषेध | कतारका राजदूतसँगको भेटमा सभामुखद्वारा लगानी र हवाई सम्पर्क विस्तारमा जोड | पूर्वाधार र संरक्षण अभावमा ओझेलमा प्राचीन ककरपत्ता नगर |

गौशालासँगै भगवान् श्रीकृष्णको जीवनचक्र र डन्डा कोरिडोर : पर्यटक अड्याउने नगरप्रमुख खाँको यस्तो छ योजना

Ujyalosandeshonline 12724+ समाचार ( )
११ मंगशिर २०८३, बिहीबार

भैरहवा । छाडा चौपाया व्यवस्थापनसँगै धार्मिक पर्यटनलाई समेत जोड्ने सम्भावना बोकेको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको गौशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिकाको वडा नम्बर ११ स्थित पिपरहियामा निर्माणाधीन गौशाला सञ्चालनमा आएपछि चौपाया व्यवस्थापनसँगै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय गतिविधिलाई प्रवर्द्धन गर्ने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

करिब ४ बिघा क्षेत्रफलमा निर्माण भइरहेको उक्त गौशाला नगरपालिकाको छाडा चौपाया व्यवस्थापनसम्बन्धी दीर्घकालीन योजनाअन्तर्गत अघि बढाइएको नगरप्रमुख इश्तियाक अहमद खाँले जानकारी दिनुभयो । गौ संरक्षण, व्यवस्थापन तथा सडकमा छाडिएका चौपायाका कारण हुने दुर्घटना र ट्राफिक अवरोध न्यूनीकरण गर्ने उद्देश्यले निर्माण गरिएको संरचना अहिले अन्तिम चरणमा पुगेको छ ।

गौशाला निर्माणसँगै भगवान् श्रीकृष्णको जीवनचक्र झल्काउने संरचनासमेत बनाइँदै गरेको नगरप्रमुख खाँले बताउनुभयो । भैरहवामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कम्तीमा एक रात अड्याउने वातावरण सिर्जना गर्न गौशाला, डन्डा कोरिडोर र भर्टिकल गार्डनजस्ता परियोजना अघि बढाइएको उहाँको भनाइ छ । डन्डा कोरिडोर करिब एक–डेढ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी रहेको र त्यसपछि पर्यटकको बसाइ अवधि बढाउन टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

गौशाला परिसर नजिकै छाडा कुकुरको व्यवस्थापनका लागि छुट्टै व्यवस्था गरिने नगरप्रमुख खाँले जानकारी दिनुभयो । साथै, सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयका बालबालिकाको खेलकुद सुविधालाई ध्यानमा राख्दै बहुउद्देश्यीय रङ्गशाला निर्माणको काम पनि अघि बढाइएको उहाँले बताउनुभयो । हिन्दू धर्म तथा संस्कृतिमा गाईको विशेष धार्मिक महत्त्व रहेकाले गौशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके धार्मिक आस्था, गौ संरक्षण र पर्यटकीय आकर्षणलाई एकै ठाउँमा जोडेर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने नगरप्रमुख खाँको विश्वास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार