मुख्य समाचार
गौशालासँगै भगवान् श्रीकृष्णको जीवनचक्र र डन्डा कोरिडोर : पर्यटक अड्याउने नगरप्रमुख खाँको यस्तो छ योजना | नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सवारी दुर्घटना : एकको मृत्यु, १३ घाइते | कस्मेटिक सामानसहित ५१ लाख मूल्य बराबरको ईभी गाडी पक्राउ | बूढीगण्डकी निर्माणका लागि बजेट अभाव हुन नदिने सरकारको प्रतिबद्धता | रुपन्देहीमा पहिलो पटक ‘एकेडेमी क्रिकेट लिग–२०८३’ हुने | स्रोत नखुलेको साढे पाँच लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक नियन्त्रणमा | महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु | रुपन्देहीमा चर्को आवाजमा डिजे बजाउन र पटाका पड्काउन निषेध | कतारका राजदूतसँगको भेटमा सभामुखद्वारा लगानी र हवाई सम्पर्क विस्तारमा जोड | पूर्वाधार र संरक्षण अभावमा ओझेलमा प्राचीन ककरपत्ता नगर |

रुपन्देहीमा पहिलो पटक ‘एकेडेमी क्रिकेट लिग–२०८३’ हुने

Ujyalosandeshonline 12724+ समाचार ( )
१० मंगशिर २०८३, बुधवार

भैरहवा । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा जिल्लामा पहिलो पटक ‘एकेडेमी क्रिकेट लिग–२०८३’ हुने भएको छ । आज पत्रकार सम्मेलन गरी भोलि बिहीबारदेखि मङ्सिर १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको हो । सङ्घका अध्यक्ष हरिबहादुर थापाका अनुसार स्थानीय एकेडेमीका खेलाडीको प्रतिभा प्रस्फुटन र व्यावसायिक प्रतिस्पर्धाको अनुभव दिलाउन प्रतियोगिता गर्न लागिएको हो ।

जिल्लाका आठवटा एकेडेमी सहभागी हुने प्रतियोगितामा ११ देखि १५ वर्ष उमेर समूहका खेलाडीले ३० ओभरको ढाँचामा रातो बलले खेल्नेछन् । सिद्धार्थ रङ्गशाला र देवदहमा हुने प्रतियोगिताका विजेता र उपविजेतालाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेल संयोजक भुवन पाण्डे र नेपाल क्रिकेट सङ्घका पूर्वसचिव प्रशान्तविक्रम मल्लले ग्रासरुट तहबाटै नयाँ खेलाडी उत्पादन गर्न प्रतियोगिता फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगितामा स्टार, तिलोत्तमा, गुरुकुल, देवदह क्रिकेट युनिट, बुटवल, वेस्टर्न, रुपन्देही र जेआर क्रिकेट एकेडेमीको सहभागिता रहने सचिव उदयकुमार मल्लिकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार