अर्घाखाँचीमा निर्वाचन सामग्री व्यवस्थापन तीव्र, तयारी अन्तिम चरणमा

Ujyalosandeshonline 11543+ समाचार ( )
६ फाल्गुन २०८२, बुधवार

अर्घाखाँची । आगामी फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै अर्घाखाँचीस्थित जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सामग्रीहरूको व्यवस्थापन तथा तयारीलाई तीव्रता दिएको छ । मतदान प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी बनाउन कार्यालयले मतपेटिका, स्वस्तिक छाप, रजिस्टर तथा सुरक्षा सामग्रीहरूको संकलन र प्याकेजिङको काम द्रुत गतिमा अघि बढाएको कार्यालय प्रमुख बुद्ध प्रकाश पौडेलले जानकारी दिनुभएको छ ।

निर्धारित समयभित्रै सबै मतदान केन्द्रमा सामग्री पुर्‍याउने योजनासहित काम भइरहेको र तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । निर्वाचनलाई सहज, सुरक्षित र पारदर्शी बनाउन खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरूसँग आवश्यक समन्वय गर्दै उनीहरूलाई निर्देशन दिने कार्य पनि भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार