मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

पक्लिहवा क्याम्पसको स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण

Ujyalosandeshonline 12612+ समाचार ( )
२७ भाद्र २०८३, शनिबार

भैरहवा । प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (पक्लिहवा क्याम्पस) को जीर्ण अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद पौड्यालले ४८ वर्ष पुरानो उक्त क्याम्पसका जीर्ण भवनहरूको तत्काल मूल्याङ्कन तथा अध्ययन गरी पुनर्निर्माण र मर्मत गर्न माग गर्नुभयो। क्याम्पसको स्थलगत अवलोकनका क्रममा पठनपाठन र भौतिक अवस्था साह्रै दयनीय पाइएको उल्लेख गर्दै उहाँले क्याम्पसमा आवश्यक जनशक्ति र दरबन्दीको विषय तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो।

हाल २७ बिघा कृषि फार्मसहित ४५ बिघा क्षेत्रफलमा फैलिएको क्याम्पसमा ६७४ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै सांसद पौड्यालले उक्त फार्मलाई अनुसन्धान, उत्पादन र नवप्रवर्तनको रोलमोडल केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। लुम्बिनी प्रदेशको ठूलो सम्भावना बोकेको यस शैक्षिक संस्थालाई राष्ट्रिय प्राथमिकतामा राखी कृषि आत्मनिर्भरता बढाउने उत्कृष्ट केन्द्रका रूपमा अघि बढाउन उहाँले जोड दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार